१९ पौष, अजितकुमार झा, इनरुवा। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाको विभिन्न ठाउमा अत्याधिक चिसो बढेपछि त्योबाट जोगिनका लागि इनरुवा नगरपालिकाले आगो ताप्न दाउरा वितरण गरेको छ । इनरुवा नगरपालिकाको सहयोग र नगर प्रमुख राजन मेहताको पहल र प्रयासमा चिसोका बेला त्यसबाट जोगिनका आगो बाल्न दाउरा वितरण गरेको सुनोज निरौलाले जानकारी दिनुभयो।
नगरपालिकाले सरमुकाम इनरुवाको अस्पताल रोड, शान्ति चौक, सखुवागाछी, मुसहरी बस्ती, बस चौक, अस्पताल रोड, बबिया, डुम्राहा, चान्दबेला, मधेसा लगायतका क्षेत्रमा दाउरा वितरण गरेको नगरपालिकाले जनाएको छ । बाक्लो हुसो र चिसो हावा चलेपछि सोबाट बच्ने उदेश्यले आगो बाल्न दाउरा वितरण गरिएको नगर प्रमुख मेहताले जनाकारी दिनुभयो ।









