२१ पौष, अमर काफ्ले इनरुवा। लेखा परिक्षणका क्रममा बेरुजु भेटिए सम्वन्धित कार्यालय प्रमुख र लेखा अधिकृतलाइ संयुक्त रुपमा जिम्मेबार ठहराइने भएको छ । महालेखा परिक्षकको कार्यालयका निर्देशक मदनकृष्ण श्रेष्ठले अडिटको क्रममा त्रुटी पाइए कार्यालय प्रमुखसँगै लेखा प्रमुखको नाममा बेरुजु ठहराइने बताए ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय सुनसरीको समन्वयमा इनरुवामा डाकिएको जिल्लाका कार्यालय प्रमुख र लेखा प्रमुखसँगको भेलामा निर्देशक श्रेष्ठले त्यस्तो बताएका हुन् ।  कार्य सम्पादन प्रकृया, पारदर्शिता र नियम संगत कार्य सम्पादन भए नभएको जाँच गरि फच्छौट र बेरुजुको अवस्था निर्क्योल गरिने श्रेष्ठले बताए । निर्देशक श्रेष्ठले कार्यालयले त्रुटी संगत कार्य गरेको ठहर भए सोही अनुरुपको प्रतिवेदन तयार पारिने बताए ।

स्थलगत लेखा परिक्षणकाका क्रममा सुनसरी आइपुगेको श्रेष्ठ नेतृत्वको महालेखा परिक्षकको टोलीले इनरुवा स्थित रहेको जिल्ला समन्वय समितिको कार्यालयलाई मुकाम कार्यालय तोकी आजैबाट कार्य थालनी गरेको छ ।विभिन्न मन्त्रालय मातहत रहेका कार्यालयहरुको लेखा परिक्षणकालागि टोली एक महिना सुनसरीमा रहने कोलेनीका सुनसरी प्रमुख बद्रीप्रसाद घिमिरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आयोजित भेलामा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले अडिटकालागि आएको टोलीसामू समयभित्रै श्रेस्ताहरु उपलब्ध गराइदिन जिल्ला स्थित रहेका मातहतका कार्यालयलाई आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia