२१ पौष, झुम्का। सुनसरीको रामधुनी नगरपालिकामा दश दिने माघी महोत्सव २०७४ शुभारम्भ भएको छ । माघी महोत्सवका संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्र विश्वासले थारु जातीय परम्परा एवम संस्कृति अनुरुप उद्घाटन गर्नुहुदै थारु समुदायको संस्कृति नेपालको पहिचानमा विशेष महत्वको भएको बताउनु भयो ।
सोही अवसरमा पूर्व यातायात राज्यमन्त्री एवम साँसद सिताराम मेहताले थारु समुदायको विशेष पर्वका रुपमा मनाईदै आएको माघी पर्वको अवसर पारेर आजदेखि माघे सक्रान्ति अर्थात नयाँ अन्नपात उपभोग गर्दै भूमिपूजन सहित अर्को बर्ष पनि कुनै दुख विराम नभई सुख शान्ति सहित सम्पूर्ण थारु समुदायको परिवारमा नयाँ उमङ्गसाथ जीवन वितोस भन्ने कामना गर्नु भएको छ ।
माघी अर्थात नयाँ बर्षको पावन अवसर पारेर थारु समुदायले तील र भुजाको लड्डु, घुँगी, चिचिर भात, रोटी, बगिया, हाँस र कुखुरा एवम माछाको मासु आदि धेरै प्रकारका पकवानहरु त्यार पारेर महोत्सव अवधिमा थारु समुदायबीच एक आपसमा शुभकामना आदान प्रदान गर्दै माघी पर्वलाई धुमधामसँग मनाईदै आएको छ । थारु समुदायले आफ्नो जातीे भेषभूषासँगै ब्यवहारिक जीवनमा प्रयोग गरिदै आएका विभिन्न सामग्री आदिका झाँकी सहित जातीय पहिरनमा धुमरा नृत्य आदि जातीय संस्कार संस्कृति समेत प्रस्तुत गर्दै माघी महोत्सवलाई मनजाइदै छ महोत्सव अविधिमा झापा, मोरङ्ग, सुनसरी, सप्तरी, उदयपुर र धनकुटा लगायतका थारु तथा आदिवासी जनजातीहरु समेत हजारौको सहभागिता हुने विश्वास गरिएको छ।
थारु महिला सभा रामधुनी झुम्काकी अध्यक्ष सीता चौधरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा थारु कानुनसभा केन्द्रिय अध्यक्ष रामराज चौधरी रामधुनी नगर मेयर जयप्रकाश चौधरी थारु महिला सभा सुनसरी अध्यक्ष सुशिला चौधरी, जानकी चौधरी लगायतले माघी महोत्सव र थारु संस्कृतिका विषयमा आ आफ्नो धारणा राख्नुभयो ।









