हात जोडेर जिउजिउ गरी भोट लिएका जनप्रतिनिधी अहिले कता ?

२६ पौष, अमर काफ्ले इनरुवा। बढ्दो जाडो छल्न यतिबेला सबैले आफु पायकको सुविधा उपभोग गरिरहेका छन् । आगो ताप्न जहीकहीँ घुर बालिएका छन् । सर्वसाधारण कहीँ पराल त कतै दाउराको घुर बालेर जाडो छल्ने प्रयास गरिरहेका छन् ।

गरिब तथा विपन्न परिवारको दैनिकी भने अलि बेग्लै छ । पराल र दाउरा दुवै नभएका उनिहरु टायर बालेर आगो तापिरहेका छन् । टायरको धुँवा आफैंमा मानव स्वास्थ्यकालागि हानिकारक छ । यद्यपी इनरुवा ३ को मुसहरी वस्तीमा बालबालिका सहित वृद्धवृद्धा टायरले बालिएको आगो तापिरहेको भेटिए । मुसहरी बस्तीमा साइकल लगायतका टायर बालेर आगो तापिरहेको भेटिएका उनिहरुले दाउरा र परालको विकल्पमा जाडो छल्न त्यसो गर्नु बाध्य भएको बताए । हात जोडेर जिउजिउ गरी भोट लिएका जनप्रतिनिधीले विपन्न र गरिब भन्ने थाहा हुँदाहुँदै वेवास्ता गरेको स्थानीय टिरु सदाले आक्रोस पोख्नुभयो । चारो छरेझै दाउरा र कम्बल बाँडेपनि परालको ओछ्यानमा सुत्नु, टायरको घुर ताप्नु र रक्सी पिएर दिन काट्नु उनिहरुको बाध्यता झैं बनेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia