पुष २९ इनरुवा /स्थापनाको ५ औ वर्षमा आइपुग्दा सखुवागाछी बचत तथा ऋण सहकारी संस्थाले ४ करोड ७४ लाख ६० हजार १ सय ३९ रुपैंया बराबरको कारोबार गरेको छ । संस्थाले चालु आर्थिक वर्ष सम्म २ करोड ४ लाख ११ हजार रुपैंया ऋण लगानी गरेको छ भने कुल मुनाफा ३० लाख ७४ हजार ५ सय १९ रुपैंया आर्जन गरेको छ ।
संस्थाका अध्यक्ष फणिन्द्र दाहालले पाँचौं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा संस्थाको हालसम्मको आय व्यय प्रस्तुत गर्नु भएको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष शिवराज श्रेष्ठको प्रमुख आतिथ्मा सम्पन्न साधारसभामा उत्कृष्ट ऋणी सँगै उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान गरिएको थियो । संस्थाले संस्थागत र शेयर सदस्यको हीतमूखि कार्यक्रमलाई आगामी योजनाहरुमा समेटेर लैजाने जनाएको छ ।










