२ माघ, मिकाइल आलम इनरुवा। कोशी टप्पु वन्यजन्तु आरक्ष बाट निस्केर आएको अर्नाको आक्रमण बाट एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मंगलवार दिउँसो पौने १२ बजेको समयमा कोशी टप्पु वन्यजन्तु आरक्ष बाट निस्केर आएको अर्नाको आक्रमण बाट कोशी गाउँपालीका वडा नम्बर ४ का स्थानीय मजबुल मियाकी ८ वर्षिय छोरी सहजादी खातुनको मृत्यु भएको हो भने अर्का एक स्थानीय १६ वर्षका जावेद आलम घाइते भएका छन् । घटनापछि आक्रोशित स्थानीयहरुले केहि समय पूर्व पश्चिम लौकही भाणटावारी सडक खण्ड अवरुद्ध गरेको थियो ।








