२ माघ, मिकाइल आलम इनरुवा । सुनसरी सदरमुकाम इनरुवा १२ सदस्यीय जिल्ला नागरिक संवाद मंच गठन भएको छ। मंगलवार सामाजिक सचेतनाकालागि सूचना केन्द्र सुनसरीले गरेको एक कार्यक्रम बीच जिल्ला नागरिक संवाद मंच गठन भएको हो। गठित नागरिक संवाद मंचको सदस्यहरुमा हजरत हुसेन,अञ्जु अधिकारी,अनिता उराँव,सहजादी प्रवीण,सुमन तामाङ,शिवेन्द्र कर्ण,परिचय अधिकारी,अजित कुमार झा,कानुन अधिकारी,प्रमोद पोखरेल,पर्शुराम यादव र सपना परियार रहेका छन् ।
मधेसी,आदिवासी ,जनजाति,अल्पसंख्यक सबै प्रतिनिधित्व हुनेगरी नागरिक मंच गठन गरिएको आयोजक समिति रमेश भट्टराईले बताए । सो कार्यक्रममा इनरुवा नगरपालिकाकी उपमेयर जमुना गौतम पोखरेल,कोशी गाउँपालीकाकी उपाध्यक्ष अनितादेवी यादव,नेकपा एमालेका तर्फबाट अजय कुशियैत,माओवादी केन्द्रका तर्फबाट निर्मल बराल लगायत ४० जनाको बढीको उपस्थिति रहेको थियो । कार्यक्रम अधिकारकर्मी रमेश भट्टराईले संचालन गरेका थिए भने आयोजक समिति राम कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।










