१३ माघ, मिकाइल आलम इनरुवा। सुनसरीको कोशी गाउँपालीका ३ पश्चिम कुसाहा स्थित रफिक मन्सुरीको पानी खाने टुवेलबाट पहेलो पदार्थ निस्कियो छ । कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले दिएको जानकारी अनुसार शनिबार बिहान देखि स्थानीय रफिक मन्सुरीको पानी खाने टुवेलबाट पहेलो पदार्थ निस्किएको हो । यसबारे सम्बन्धित सबै निकायमा जानकारी गराइसकेको र अनुसन्धान जारी रहेको अन्सारीले बताएका छन् । टुवेलबाट निस्कियो पहेलो पदार्थ हानिकारक भए नभएको बारेमा ल्याब टेस्टको लागि पठाइएको प्रहरीले जनाएको छ ।









