१३ माघ, इनरुवा। सुनसरी सदरमुकाम इनरुवाका अग्रज पत्रकार सुवित गुरागाईलाई मात्री शोक परेको छ । गुरागाईको आमा प्रभादेवी गुरागाईको ८४ वर्षको उमेरमा निधन भएपछि उहाँ मातृ शोकमा पर्नुभएको हो । प्रभादेवीको शनिबार बिहान हिन्दु संस्कार अनुसार सुनसरी खोलाको स्वर्गद्धवारी घाटमा अन्तिम संस्कार गरिएको छ ।
गुरागाईको आमाको अन्तिम संस्कारका लागि सांसद तथा पूर्व राज्यमन्त्री सिताराम मेहता, प्रदेश सांसद राजीव कोइराला, ज्योति सुब्बा लगायतका सांसद र इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता समेतले श्रद्धाञ्जली अर्पण गर्न स्वर्गद्धारी घाट पुग्नुभएको थियो । त्यसैगरी समाजसेवी बुद्धिजीवि, सहपाठी, सहकर्मी सहितका सयौ स्थानीयहरुले मौन धारण सहित श्रद्धान्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली सभा तथा अन्तिम संस्कारका क्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खडका, पूर्व अध्यक्ष केशव घिमिरे, इनरुवाका पत्रकारहरु, महासंघका सदस्य अजितकुमार झा, पूर्व सहसचिव राजन निरौला लगायतका पत्रकारहरुले समेत श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको थियो ।









