१३ माघ, इनरुवा। सुनसरी सदरमुकाम इनरुवा केन्द्रित रहेका नेवार समूदायहरुको जातिय संस्था झिगु नेवाः समाज इनरुवाको ४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । इनरुवा भरीका नेवार समूदायहरुको साझा जातिय संस्था समाजको ४ औं नगर सभा तथा अधिवेशन सम्पन्न भएको हो ।
सभा तथा अधिवेशनको उद्घाटन सत्र समाजका अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा र इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेल, नेवा दबु अध्यक्ष कर्ण बहादुर श्रेष्ठ, उपाध्यक्ष हरी श्रेष्ठ, धनेन्द्रकुमार श्रेष्ठ, हेम बहादुर श्रेष्ठ, रेखा श्रेष्ठ, रमेश श्रेष्ठ, पूर्णरत्न बुभाजु लगायतकाले समाजको अधिवेशन तथा सभाको सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो । समाजको उद्घाटन सत्रमा इनरुवा नगर प्रमुख मेहता र उपप्रमुख पोखरेललाई नेवारी कलाको सामग्री प्रदान गरी सम्मान समेत गरिएको थियो । कार्यक्रममा इनरुवाका १ नम्वर वडा अध्यक्ष रामचन्द्र पौदार, ५ नम्वर वडा अध्यक्ष अन्जनीकुमार पोखरेल लगायतकाले समेत शुभकामना मन्तव्य राख्नुभएको समाजका सचिव लाल बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।










