- दिपेन्द्र यादव

१७ माघ,  इनरुवा। जिल्ला वन कार्यालय सुनसरीको विरुद्धमा अख्तियार दुरुपयोग अनुसान्धान आयोगमा उजुरी परेको छ। काठ लिलाम समबन्धि कार्यमा आर्थिक अनियमितता भएको र सर्वसाधारण नागरिक तथा दैवि प्रकोपमा परेका मानिसलाई सहुलियत दरमा काठ वितरण नगरी लिलाम गरेको आरोप सहित अख्तियारमा स्थानीयहरुले उजुरी गरेका हुन ।

स्थानीयले गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसान्धान आयोगको कार्यालय इटहरीले जिल्ला वन कार्यालय सुनसरीलाई सो विषयमा के कसो भएको हो ?, कागजात सहितको विवरण वास्तविकता खुलाई १५ दिन भित्र अनुसान्धान शाखा नं. १ मा आई पुग्ने गरी पठाउन आदेश दिएको छ।

अख्तियारका शाखा अधिकृत निलकण्ठ विश्कर्माले जिल्ला वन आपूर्ति समिति सुनसरीमा चार वर्ष अगाडी काठ माग गरिएको निवेदन दिएकोमा हाल सम्म पनि उपल्ब्ध नगराएको जिल्ला वन कार्यालय अन्तर्गत उत्पादन भएका काठ वन आपूर्ति समिति मार्फत विक्री वितरण नगरी स्थानीय जनता तथा दैवि प्रकोपमा परेका मानिसहरुलाई चार वर्ष देखी काठ वितरण नगरी आर्थिक वर्ष २०७३ -०७४ मा करिव ४० हजार क्यू. फिट काठ व्यावसायी सँग मिलोमतो गरी लिलामी प्रथा बाट विक्री वितरण गरेको उजुरी परेकाले सो विषयमा खुलाई पठाउनका लागि वन कार्यालयलाई पत्र लेखेको जानकारी दिनुभयो ।यता वन कार्यालयले अख्तियारको पत्र पाएपछि १४३४ दर्ता नं. राखेर दर्ता गरी त्यसको २ पेजको जवाफ लेखेको छ। वनले आफ्नो बचाउँ गदैँ मिलोमतोमा काम नगरेको दावी सहितको माग १४ गते अख्तियारलाई जवाफ लेखेको कार्यालय स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia