- बिरेन्द्र शाह

१७ माघ, इनरुवा। सडक बाटो निर्माणको मापदण्डको विषयमा अन्यौलता बढेको भन्दै इनरुवा नगरवासीले  नगरपालिकाको कार्यालय समक्ष स्पष्ट कार्यादेश कायम गरी अघि बढ्न सुझाएका छन् । नगर भित्र संचालनमा रहेको पक्की ढल सहित बाटो बिस्तारको मापदण्ड स्पष्ट हुन नसकेको भन्दै स्थानीयवासीले नगरपालिकाका प्रमुख राजन मेहताको ध्यानार्षण गराएका हुन् ।

बाटो बिस्तारको नाममा मनोमानी मापदण्ड निर्धारण गर्दै घर टहरा तथा आफुहरुका संरचना भत्काउने काम भएको भन्दै उनिहरुले आपत्ति जनाएका हुन् । सडक बिभागको मापदण्ड र स्थानीयतहमा लागु गरिएको मापदण्डबारे सर्वसाधारणमा जानकारी नगराइएको र आफुखुशी निर्णय लाद्ने काम भएको प्रति स्थानीयहरुले नगरपालिको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गरेका हुन् ।

नगरबासीहरुले हाल संरचना निर्माण गर्दा दीर्घकालिन अवस्थालाई मध्यनजर गर्दै ठोस निर्णयका साथ अघि बढ्न नगरपालिकाको कार्यालय समक्ष माग समेत गरेका छन् । उता नगरप्रमुख राजन मेहताले नगरबासीको राय सुझावलाई आधारमानि मापदण्डमा रहेर संरचना निर्माणको क्रमलाई अघि बढाइने बताए । तस्बिर : सामाजिक सञ्जालबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia