१८ माघ, इनरुवा।राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि सुनसरीबाट सहभागि हुने जनप्रतिनिधिहरुकालागि इनरुवामा मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको छ । माघ २४ गते बिराटनगरमा हुने प्रदेश नम्वर एकको राष्ट्रिय सभा निर्वाचनको प्रकृया लगायतको विषयमा कार्यक्रममा प्रशिक्षण दिइएको थियो ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीले जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख सहित प्रदेश सभा तर्फ निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षणमा सहभागी गराएको थियो । जिल्ला निर्वाचन अधिकारी भक्तबहादुर भट्टराईले राष्ट्रिय सभा निर्वाचन, निर्वाचन प्रणाली, मतदान गर्ने तरिका र मतपत्र लगायतका बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।


राष्ट्रिय सभा निर्वाचनमा सुनसरीका दुई उपमहानगरपालिका सहित ४ नगरपालिका र ६ गाउँपालिकाका प्रमुख, उपप्रमुख सहित २४ जना र प्रदेशसभा सदस्य प्रत्यक्ष तर्फ ८ र मनोनित ६ जना गरी ३८ जनाले सहभागिता जनाउने छन् । अभिमुखिकरण कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली सहित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

प्रदेश नम्वर १ बाट राष्ट्रिय सभाकालागि कुल ८ जना निर्वाचित हुने व्यवस्था रहेको छ । जसमा खुल्ला र महिला तर्फ ३ – ३ जना गरी ६ जना निर्विरोध भइसकेका छन् । बाँकी दलित र अपाङ्ग तथा अल्पसंख्यक गरी २ पदकालागि माघ २४ गते निर्वाचन हुँदैछ । दुई पदमा ४ जनाबिच प्रतिष्पर्धा हुने भएको छ । दलित तर्फ एमालेका खेमराज नेपाली र काँग्रेसका विन विश्वकर्मा चुनावी मैदानमा छन् भने प्रदेश नम्वर १ मा स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ७४ र प्रदेशसभा सदस्य तर्फ ९३ जना गरी ३ सय ६७ जना मतदाता रहेका छन् । अपाङ्ग तथा अल्पसंख्यक तर्फ एमालेबाट अगमप्रसाद बान्तवा राई र काँग्रेसका महेशकुमार जाजुबिच प्रतिष्पर्धा हुँदै छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia