मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन साविककै तरिकाले उपलब्धि प्राप्त हुन गाह्रो देखिन्छ । वैकल्पिक माध्यम अप्नाउनु बुद्धिमानी हुनेछ । गाम्भीर्यता धारण गर्नसकेको खण्डमा विद्यार्थी वर्गले ज्ञानात्मक प्रगति गर्नसकिने छ । बैठक आदिमा जरुरी विषयमा मात्रै प्रवेश गरेको राम्रो हुनेछ अन्यथा उठेको प्रसङ्गलाई बिटमार्न कठिन पर्नसक्ने छ ख्याल गर्नु होला । आत्मप्रसंशाको मनोभाव बढ्नसक्ने र दोस्रोपक्षबाट सो कुराको निग्रानी हुनसक्ने कुराप्रति पनि चनाखो हुनजरुरी छ ।  पराईको निन्दा चर्चामा भुल्दा स्वकार्य अधुरो रहनसक्ने तर्फ पनि ख्याल पुर्याउनुहोला । आज तपाईले आज माँ भुवनेश्वरीको उपाशना गर्नु शुभप्रद हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन धेरै अनुकूल मान्न अल्लि नसकिने खालको रहेको छ । संघर्षको अनुभूति हुनसक्ने ग्रहगोचर परेले आज तपाईँले काम कार्य सम्पादन गर्दा मान्छेहरुले आलोचना गर्नसक्ने वा अपजशको सामना गर्नपर्ने हुनसक्ने छ । हतास मानसिकतालाई संयम गर्ने र धैर्यताको अभ्यास गर्ने गर्नाले दुष्परिणामबाट बच्न मद्दत गर्नेछ । अनिवार्यबाहेकका जनव्यवहारका सवालमा आवश्यकभन्दा बढी सरोकार नराखेकै उचित हुनेछ । संघर्षको बाबजुतपनि आफ्नो कार्यमा लगनशील रहिरहनाले केही लाभ गर्नसकिने छ । आज चार अंक, सेतो तथा उज्यालो रङ्ग शुभ रहनेछ भने कुनै विशेष कार्य सम्पादन गर्दा आमाको आज्ञा लिएर गर्नु फापसिद्ध हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन पराक्रम बढ्ने स्फुर्तिकर ग्रहयोग परेकको दिन छ । राम्रो पराक्रमी कामकार्य सम्पादन गर्न सकिने छ । तरपनि अस्वभाविक फुर्तिफार्ति बढ्ने हो कि भन्ने सम्भावनालाई नकार्न सकिन्न । केही संयम शक्ति बृद्धि गर्नुपर्ने जरुरी देखिन्छ । दैनिक रुपमा सञ्चालित पेशा एवम् व्यवसायको क्षेत्रमा ग्रहको प्रभाव ठिकै रहेको छ । साथसहयोग पनि प्राप्त हुनेछ भने अड्केर रहेका काम पूरा गर्ने अवसर मिल्नेछ । केही महत्त्वाकांक्षी नविन कार्ययोजना पनि बन्नसक्ने छ । माँ इन्द्रायणी र भगवान हनुमानको सेवाश्रद्धा तथा शक्ति जागरण गर्नु शुभकर हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन सामानयतया सकारात्मक मान्नसकिन्छ । तथापि केही अदृष्य रोकावटको सामना गर्नपर्ने तथा विरोधाभाष स्थितिको सामना गर्नपर्ने गोचर देखिएको छ । बोलीवचनले खासै महत्त्व नपाउनसक्ने पछि छ । आर्थिक क्षेत्रमा केही संघर्षको सामना पछि अनुकूल हुनेछ । परोपकार एवम् समाजसेवाका कार्यमा पनि सरिक हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्धमा भने अल्लि संयमपूर्वक व्यवहार गर्नु पर्ला । सञ्चित धनको अपव्यय हुनसक्ने छ ख्यालपुर्याउनु होला । आज तपाईको लागि दुई अंक, सेतो रंगको प्रयोग शुभ रहने छ भने भगवान हनुमानदेवको साथमा माँ सन्तोषीको भक्तिभाव गर्नु हितप्रद हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन दिनलाई सकारात्मक नै लिनुपर्छ तथापि गोचर केही बाधक अबस्था देखिएको छ । रपनि ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवम् खुशीयालीप्रद रहने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा स्वागत सत्कार मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र कोसेली आदि पनि  मिल्नसक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँकाममा लगानीको बारेमा विचारविमर्श हुनसकने छ । पेशागत कामकार्यमा लाभ एवम् सफलता प्राप्त हुनेछ । प्रेमसम्बन्ध गाँसिने तथा जोडिएको सम्बन्ध मज्बुत बन्नेछ । आज यहाँलाई एक अङ्क, रातो रङ्ग र भगवान हनुमानको व्रत उपाशना गर्नु गोचरबाधा निवारणको उपाय हुनसक्नेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन प्रतिकूलता बढ्नसक्ने खालको गोचर परेको छ । कामकार्यमा बढी हतार नगर्नु नै बुद्धिमानी हुनेछ अन्यथा खर्च बढ्ने सम्भावना रहनेछ । विषय तथा कार्य नबुझि अघि बढ्नाले पश्चाताप पर्नसक्ने छ, ख्याल गर्नु होला । केही संघर्ष एवं प्रतिकूलताको बाबजुत सोँच एवं योजना नभएको तर्फबाट आकस्मिक आयआर्जन तथा उपलब्धि हुनसक्ने छ । देशविदेशको यात्रा हुनसक्ने छ । दानदातव्य एवं मान्यजनको दर्शनभेट आदिको लागि पनि दिन उपयुक्त रहेको छ । आज यहाँलाई रातो रङ्ग, पाँच अङ्कको उपयोग र मा इन्द्रायणीको श्रद्धाभक्ति गर्नु विशेष शुभकर हुनेछ ।

 

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने दिन छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानको पक्षबाट पनि सन्तोष लिनसकिने छ । दिनको सदुपयोग गर्ने र अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी स्वकार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ भने प्रेमाभिलाषिहरुको लागि प्रेमसम्बन्ध जोडिनसक्ने पनि सम्भावना छ । आज यहाँलाई दुई अङ्क, सेतो रङ्गको उपयोग फापकर हुनेछ भने माँ भुवनेश्वरीको भक्तिभाव विशेष फापसिद्ध हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन मानसम्मान एवम् पदप्रतिष्ठा प्राप्ति हुने रहेको छ । व्यापार व्यवसायबाट राम्रै आर्थिक उपलब्धि एवम् लाभ गर्नसकिने छ  । जागिर एवम् राजनीति तथा समाज सेवाको क्षेत्रमा थप जिम्मेवारी मिल्नसक्ने छ । उच्चवर्ग तथा पदस्थ व्यक्तित्त्वहरु सँगको भेटघाटले महत्त्वाकांक्षी पनि बनाउने छ । विशेष विषयको योजनाको बारेमा विचारविमर्श हुनसक्ने छ । महत्त्वपूर्ण नयाँ कार्यको थालनी हुनसक्ने सम्भावना पनि रहेको छ । यहाँलाई आज एक अंक, रातो रङ्ग अनुकूल रहने छ, अपेक्षित उपलब्धिको लागि हृदयदेखि नै कुमारी देवीको श्रद्धाभक्ति गर्नु अझ प्रभावकारी हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन नखाएको विषलाग्न सक्ने, कामकार्यमा कमजोरी देखाउने तथा आफू माथिको निकायमा सिकायत गर्ने तत्त्व क्रियाशील हुने सम्भावना छ । तथापि केहीहद्सम्म काममा सफलता र व्यवसायिक लाभ मिल्नेछ । धार्मिक क्षेत्र तथा सन्तजनप्रति मनमा जागेको सन्देह वा नकारात्मक विचार हटाउने अवसर प्राप्त हुनेछ । कामकार्यमा अवमूल्यनबाबजुत पनि नतिजा संतोषप्रद ल्याउनसकिने छ । साविकभन्दा अल्लि बढी परिश्रम एवम् संघर्षले पेशा एवम् व्यवसायको क्षेत्रमा प्रगति गर्नसकिने छ र आर्थिक लाभ पनि हुनसक्नेछ । तीर्थादिको भ्रमणजन्य स्थितिलाई पनि गोचरले लक्षित गरिरहेको छ । यहाँले आज धार्मिक क्षेत्रलाई सहयोग गर्नु शुभकर हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन त्यति अनुकूल मान्न अल्लि नसकिने देखिएको छ । चन्द्रमा लगाएतका ग्रहहरुको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्य र गर्न लागेको कार्यमा प्रभाव पार्ने देखिन्छ । समयको प्रतिकूलतालाई नबुझि अजबर्जस्त गर्नाले पश्चातापमा पार्नसक्ने सम्भावना छ, ख्याल गर्नुहोला । आहारविहारमा होसियारी अप्नाउने र फजुलका विषयमा मन नदिने गर्नु नै बुद्धिमानी हुनेछ । सामान्य दैनिकी कार्यलाई भने संयमपूर्वक सम्पादन गर्नसक्नु हुनेछ । आज यहाँलाई आठ अंक, रातो रङ्ग र आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु हितकर हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन जीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ भने अन्य क्षेत्रमा पनि मद्दत मिल्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिन चर्या व्यतित हुने देखिन्छ । मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्नसकिने छ । गोचरले विशेष स्थानको यात्राको संयोगलाई पनि जुराइरहेको देखिएको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ हातपार्न सकिनेछ । राजनीति तथा समाजसेवा आदि क्षेत्रमा पनि अनुकूलता देखिएको छ । यहाँले आज विपरित लिङ्गीलाई उपहार दिनाले विशेष अर्थ राख्नेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन पौरखी देखिएको छ । आँट तथा फुर्ति, शारीरिक बल बढ्ने छ । शत्रु मुकाविलामा एवं प्रतिस्पर्धामा वियजी भइने छ । आँटेताकेको काम अगाडि बढाउन तथा अगाडि बढाउन सकिने छ । व्यापार व्यवसाय तथा पेशाकर्मबाट सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । विरोधीतत्त्वलाई समझदारीमा ल्याउन सकिने छ । समयको सदुपयोग गर्नु विशेष बुद्धिमानी हुनेछ । आज तपाईको लागि छ अंक, हरियो रङ्गको प्रयोग र माँ इन्द्रायणीको दर्शनभक्ति गर्नु फापकर हुनेछ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia