२० माघ, इनरुवा। सन २०१८ का लागि गठित इनरुवा जेसिजको एकदिनै तालिम सम्पन्न भएको छ। शनिबार बिहान इनरुवामा सम्पन्न सो कार्यक्रममा जेसिज के हो,जेसिजले गर्न सक्ने कार्यहरु,समाजमा जेसिजको भुमिका लगायत विषयमा केन्द्रित रहेर प्रशिक्षक निखिल पोखरेल र बिरेन्द्र साहले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा जेसिजका निवर्तमान अध्यक्ष धिरज भट्टराई, पूर्वअध्यक्ष सुनोज निरौला लगायत इनरुवा क्षेत्रका दुई दर्जन बढी युवायुवतीको सहभागिता रहेको थियो भने कार्यक्रम कुन्दन मेहताको अध्यक्षतामा सम्पन्न भयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia