मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन अनुकूल रहनेछ । स्वास्थ्यमा सुधार आउने एवम् शारीरिक जोशजाँगर बढ्ने तथा कान्तिमा बृद्धि हुनेछ । साथै शत्रुमाथि विजय हासिल गर्नसकिने छ । अवसर तथा समयको सदुपयोगले प्रतिस्पर्धामा सफलता हात लाग्ने र पदीय जिम्मेवारी लिनसकिने छ । आफ्नो पेशागत कार्यबाट पनि राम्रो उपलब्धि हुने तथा लक्ष्मीकृपा प्राप्त हुनेछ । पक्षविपक्ष बीचमा सम्पादन हुने वहस तथा राजनीतिजन्य क्षेत्रमा पनि आफ्नो वचस्व स्थापित गर्नसकिने छ । नयाँ स्थानको घुमफिर पनि हुनसक्ने ग्रहगोचरले संकेत गरिरहेको छ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन विद्याको अहं बढ्नसक्नेछ । नजानेपनि जानेजस्तो गर्ने मनोविज्ञानले प्रसय पाउने छ, जसलेगर्दा मान्छेहरुले कमजोरी तपाईको कमजोरी फेला पार्नसक्ने छन् । व्यवसायमा केहीमात्रामा लक्ष्मी प्रसन्न हुने र कार्य कार्यान्वयन हुनसक्ने देखिन्छ । सन्तानको बाटोबाट सन्तोष मिल्ने, नीतिगत सफलता मिल्ने छ । दिन ठिकै छ तापनि आफ्नै बुद्धिविवेकले काम नदि“दा पश्चाताप पर्नसक्नेछ, अहंभावलाई संयम गर्नु उचित हुनेछ । शिक्षा दिने व्यक्तित्त्व भेटिने छ ज्ञान लिन नचुक्नु बुद्धिमानी हुनेछ । आज तपाईलाई पाँच अङ्क, रातो रङ्गको प्रयोग र भगवान गौरीशङ्करको भक्तिदर्शन एवं उपाशना गर्नु शुभफलप्रद हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल मान्न अल्लि नसकिने खालको दिन छ । तपाईबाट जनव्यवहारमा खेलिएको भूमिका अल्लि नमिल्न तथा तालमेल नखानसक्ने देखिएकोले सावधानी अप्नाउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि संघर्षको अनुभूति हुनसक्ने छ । हतारमा भन्दा धैर्यताको अभ्यासपूर्वक कर्मक्षेत्रमा खट्नु भएमा केही लाभ प्राप्त हुनेछ । सोँचेभन्दा विपरित फल प्राप्त हुनसक्ने भएकोले अत्यावश्यकभन्दा बढी सरोकार नराखेकै उचित हुनेछ । वादविवादको समेत सम्भावना रहेकोले सम्भावित द्वन्दबाट बच्न यत्न गर्नुहोला । आज यहाँको लागि चार अंक, सेतो तथा उज्यालो रङ्ग शुभ रहनेछ भने नगरी नहुने कार्य सम्पादन गर्दा आमाबाट आज्ञा लिएर गर्नु उपयुक्त हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन शारीरिक स्फुर्तिबढेको हुनाले कार्यमा लगाव पनि बढ्ने र इष्टकार्य पूर्णहुने तथा पौरख गर्नसकिने छ । विशेष उपलब्धिको ग्रहयोग परेकोले रोकिएर रहेका काम पूरा गर्ने अवसर मिल्नेछ । सहयोगी हातहरु पनि जुट्ने छन् भने तपाईले आफ्नो क्रियाशिलताको प्रशंसा पनि पाउनु हुनेछ । दाजुभाईबीचको सम्बन्धमा पनि सुधार आउने छ । भातृक्लेश भएकाहरुले सोलाई निवारण गर्न कुनै उपाय गरेमा आज सफल हुनेछ । पेशा तथा व्यवसायिक कामबाट राम्रो परिमाणमा आर्थिक आयआर्जन गर्न सकिनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन सामान्य अनुकूल देखिएको छ । वाणीदोषको संयोग पर्नसक्छ, बोलीवचनको व्यवहारमा ख्याल गर्नुहोला । व्यवसायिक कार्यमा भने प्रगति हुने देखिएको छ तथापि सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । समाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । आज यहाँको लागि दुई अंक, सेतो रंग शुभ रहने छ भने भगवान शिवको स्तुति अवलम्बन गर्नुले सम्भावित दोषलाई कम गर्न मद्दत हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन अनुकूल हुँदाहुँदै पनि ग्रहको केही अवरोधको कारणले अपेक्षित उपलब्धि गरिहाल्न केही कठिनाई देखिएको छ । तथापि केही हद्सम्म व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य अगाडि बढाउन सकिने छ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । अभिष्टकार्यमा सफलताको लागि भैरवदेवको पूजा एवं दर्शनभक्ति गर्नु शुभप्रद हुनेछ । साथै आज तपाईँलाई एक अंक, रातो रङ्ग शुभ रहने छ ।

 

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन संघर्ष गर्नपर्ने देखिएको छ । अल्लि बढी कोसिसले मात्रै थोरै सफलता हात लाग्न सक्नेछ । खर्च बढ्ने ग्रहयोग रहेकोले फजुल विषयबाट बुद्धिमतापूर्वक पन्छिनु उचित हुनेछ ।मानसिक चञ्चलतालाई धैर्य र संयम धारण गरी नियन्त्रण गर्न नसकेमा खतिक्षति हुने कुरालाई नकार्न सकिन्न भने मालसमान हराउनसक्ने सम्भावनालाई पनि गोचरले देखाइरहेको छ । पारिवारिक आवश्यकता बढ्ने र सञ्चित धर्नको व्यय भएपनि स्वकर्ममा लगनशील हुनाले केही पेशागत लाभ गर्नभने सकिने छ । सदाचारको व्यवहारले प्रतिकूल तथा संघर्षको परिस्थितिलाई सहज बनाउनसकिने छ । सावधानीपूर्वक मानसिक बल बढाउनु उचित हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन भौतिक उन्नति हुनेछ । प्रतिस्पर्धामा विजय एवं ख्याति मिल्ने छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानको पक्षबाट पनि सन्तोष लिनसकिने छ । दिनको सदुपयोग गर्नाले अधुरा रहेका कामलाई पूर्णता दिनसकिने छ ।  स्वकार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना छ भने प्रेमाभिलाषिहरुको लागि प्रेमसम्बन्ध जोडिनसक्ने पनि सम्भावना छ । आज यहाँलाई दुई अङ्क, सेतो रङ्गको उपयोग फापकर हुनेछ भने भगवान शिवको भक्ति विशेष फापसिद्ध हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन गोचरले राम्रो साथ दिएको छ । दीगो कार्यको थालनी गर्न सकिने सम्भावना छ । आफन्तीहरुको सहयोग मिल्ने हुनाले महत्त्वपूर्ण कार्य सम्पादन गर्नसकिने छ । वरिष्ठवर्गसँग संपर्क स्थापित हुनाले केही महत्त्वाकांक्षी मनोविज्ञान बढ्ने पनि सम्भावना देखिन्छ । व्यवसायले प्रसिद्धि पाउने छ । राजनीति, समाजसेवा तथा नोकरी आदि क्षेत्रमा पदप्रतिष्ठा तथा जिम्मेवारी थपिनसक्ने छ भने उपयुक्त मानसम्मान प्राप्ति हुनेछ । व्यापार व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिनेछ । प्रेमका पारखीहरुलाई पनि दिन अनुकूल एवं सम्मानित रहनेछ । आज यहाँलाई एक अङ्क, रातो रङ्गको प्रयोग र भगवान आशुतोषको स्तुति शुभप्रद हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन सामान्यतया आफूभन्दा माथिल्लो तहबाट केही दबाब आउनसक्ने छ । केही मलिनताको पनि प्रत्याभूति हुनसक्ने छ तथापि अध्यात्मिक तथा आस्तिक भावना बढ्ने र धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुने दिन रहेको छ । समाजसेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा पनि लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा परिवारिक विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ भने जागिरबाट पनि सन्तोष भइनेछ । आज यहाँहरुलाई नौ अङ्क, पहेलो रङ्गको प्रयोग र भगवान गौरीशङ्करको श्रद्धाभक्ति गर्नु शुभ हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन त्यति सहज देखिएको छैन । स्वास्थ्यमा गडबढी हुनसक्ने र गरिरहेको कामकार्यमा पनि झमेला आइलाग्नसक्ने सम्भावना छ । समयको प्रतिकूलतालाई नबुझि कुनै पनि कार्यमा हतार गर्दा उल्टो परिणाम आउनसक्ने र हानी नोक्सानी व्यहोर्नुपर्ने हुनसक्ने छ, ख्याल पुर्याउनु होला । यस्ता केही प्रतिकूलताको बाबजुत पनि स्वकर्ममा तल्लिन हुनाले अप्रत्यासित ढङ्गबाट कुनै उपलब्धि हातपर्न भने सक्ने देखिन्छ । आज आठ अंक, रातो रङ्ग शुभ हुनेछ भने रोगीको सेवाले पूण्य दिनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन आमोद–प्रमोद तथा विलासवृति बढ्ने ग्रहप्रभाव रहेको छ ।  पेशा एवम् व्यवसायिक क्षेत्रबाट भौतिक उन्नति तथा लाभ गर्नसकिने छ । सुखसन्तोष कर सन्देश प्राप्त हुनेछ । माङ्गलिक कार्य तथा कार्यक्रम आदिमा संलग्न हुन पर्नसक्ने सम्भावना पनि देखिन्छ । भ्रमण आदिको संयोजलाई पनि ग्रहगोचरले लक्षित गरिरहेको छ । विवाहयोग्य युवायुवतीको विवाहको चर्चा चल्नसक्ने छ । आज यहाँलाई सात अंक, उज्यालो रङ्गको प्रयोग र भगवान गौरीशङ्ककरको सेवा आराधना गर्नु फापसिद्ध हुनेछ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia