saudi२३ मंसिर,साउदी अरब-सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित एवम् कामदारमैत्री बनाउन नसक्दा नेपाली कामदारले विभिन्न समस्या झेल्नुपरेको साउदी अरबमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

वैदेशिक रोजगारीमा देखा परेका विकृति र विसङ्गतिप्रति राज्य गम्भीर नहँदा प्रवासमा रहेका लाखौं नेपाली श्रमिकले दुःख भोग्नुपरेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् । साउदी अरबसँग श्रम सम्झौता हुन नसक्दा नेपाली श्रमिक समस्यामा परेको भन्दै उनीहरुले नेपाली श्रम र सीपको उचित मूल्याङ्कनसहित श्रम सम्झौता हुनुपर्नेमा जोड दिएका छन् ।

साउदी अरबमा क्रियाशील डेढ दर्जनभन्दा बढी सङ्घ संस्थाको संयुक्त आयोजनामा शुक्रबार साउदीको दमाममा सम्पन्न भएको ‘प्रवासी श्रमिकका समस्या र समाधान’ विषयक अन्तक्र्रियामा बोल्ने वक्ताले सेवा सुविधालाई ध्यानमा राखेर जति सक्दो छिटो श्रम सम्झौता गर्नुपर्ने सुझाव दिए । साउदीमा कार्यरत अधिकांश नेपाली कामदारले अझै पनि सम्झौता अनुरुप न्यूनतम तलब, सेवा सुविधासमेत पाउन नसकेको गुनासो गरेका छन् । प्रवासी श्रमिकले भोग्नुपरेका समस्याका विषयमा राज्य गम्भीर नभएकै कारण नेपाली कामदारले दिनप्रतिदिन पीडा खेप्नु परेको उनीहरुको भनाइ छ ।

कमजोर सरकारी नीति र मेनपावर कम्पनीको लापरबाहीका कारण सम्झौता अनुसारको काम नपाउनु, तोकिएको अवधिभन्दा बढी काम गर्नुपर्ने, करार अवधि सकिए पनि स्वदेश फर्कन नपाउने, बिमा अवधिमा समस्या, मानसिक तथा शारीरिक यातना, काम गर्ने सिलसिलामा मृत्यु भएकाको शव पठाउन ढिलाइ हुनेलगायत समस्या साउदीमा व्याप्त रहेपनि समाधानका लागि सम्बन्धित निकायले ध्यान नदिएको उनीहरुको आरोप छ ।काठमाण्डु टुडेबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia