काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा पाँच उम्मेदवार र दुई सङ्घसंस्थालाई स्पष्टीकरण माग गरेको छ। आयोगको आचारसंहिता अनुगमन शाखाले झापा निर्वाचन क्षेत्र नम्बर ५ का रास्वपाका उम्मेदवार बालेन शाहसहित विभिन्न क्षेत्रका उम्मेदवारलाई पत्र पठाएको हो।

  • बालेन शाह (झापा–५, रास्वपा): उनले प्रतिस्पर्धी केपी शर्मा ओलीको सामाजिक सञ्जाल पोस्टमा ‘हत्यारा’ भन्ने टिप्पणी गरेका कारण स्पष्टीकरण मागिएको छ।
  • निकोसल भुसाल (रुपन्देही–२): जेनजी आन्दोलनको आइकोनिक जुत्तालाई चुनाव चिन्ह भनी प्रचार गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ।
  • हर्क साम्पाङ (सुनसरी–१, श्रम संस्कृति पार्टी): चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको र टिसर्ट लगाउन लगाएर आचारसंहिता उल्लङ्घन गरेको भन्दै पत्र पठाइएको छ।
  • महेश बस्नेत (भक्तपुर–२, एमाले): उनले बालेन शाहलाई ‘छाउरा’ भनेको आरोपमा आयोगले स्पष्टीकरण मागेको छ।
  • जानुका पाठक/शोभा पाठक (भक्तपुर–२): उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गर्दै ‘हत्यारा’, ‘बलात्कारी’ जस्ता शब्द प्रयोग गरेको भन्दै स्पष्टीकरण सोधिएको छ।

उम्मेदवार मात्र होइन, दुई सङ्घसंस्थामाथि पनि आयोगले कारबाही प्रक्रिया अघि बढाएको छ।

  • स्वास्थ्य स्वयंसेवक सङ्घ: आचारसंहिता लागू भएपछि अनुमति नलिई अधिवेशन गरेको विषयमा स्पष्टीकरण मागिएको छ।
  • शिक्षक सरुवा सम्बन्धी मुद्दा: यस विषयमा पनि आयोगले स्पष्टीकरण मागेको जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia