धरान उप–महानगरपालिका–१३ जिरोप्वाइन्टस्थित कोशी राजमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको बस अनियन्त्रित भई न्यू सभा मेडिकलमा ठक्कर खाँदा दुर्घटना भएको हो। घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने घाइतेहरूलाई वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।
मृतकहरू (५):
१. रिसब कुमार मण्डल (१८ महिना), महोत्तरी गैडादेवपुर–८ (बसमा सवार)
२. धैरिया कुमार यादव (३१), महोत्तरी (बसमा सवार)
३. ओमेश राई (२०), बराक्षेत्र नपा–३, सुनसरी (मेडिकलमा रहेका)
४. नयन थापा मगर (१९), मेचीनगर नपा, झापा (मेडिकलमा रहेका)
५. सुवेक्षा सुब्बा (२४), धरान उप–महानगरपालिका–१३, सुनसरी (मेडिकल सञ्चालिका)
घाइतेहरू:
गम्भीर:
१. रिना मण्डल (२५), जनकपुर–१२, धनुषा (बस)
२. जितेन्द्र मण्डल (३८), धनौडी गापा–२ (बस)
३. महमत मुलाल (२५), मठ्ठीपानी–४, महोत्तरी (बस चालक)
४. सुनेना देवी मण्डल (४०), जनकपुर–१, धनुषा (बस)
५. कृष्ण मण्डल (२०), जनकपुर–५, धनुषा (बस)
मध्यम:
१. लक्ष्मी मण्डल (२३), जनकपुर–५, धनुषा (बस)
२. राजा बाबु (१८), धनुषा (बस)
३. मनिता देवी मण्डल (४०), जनकपुर–४, धनुषा (बस)
४. पुनिता मण्डल (३०), धनुषा (बस)
५. यशोदा श्रेष्ठ (४३), धरान–१३, सुनसरी (मेडिकल कर्मचारी)
सामान्य:
१. रोहित मण्डल (२४), जनकपुर–२५ (बस)
२. रोहन मण्डल (२४), जनकपुर–१ (बस)

तपाईको प्रतिक्रिया

trusted online casino malaysia