इनरुवा, पुस २६ । वर्ष २०२६ का लागि जेसी मनोज निरौलालाई पदीय दायित्व हस्तान्तरण गर्दै इनरुवा जेसिजको ४२औँ पदस्थापना गत शुक्रबार सम्पन्न भएको छ। कार्यक्रममा पूर्वअध्यक्षहरूले वर्ष २०२५ का अध्यक्ष जेसी सत्यनारायण यादवको गलाबाट जेसिज चेन निकालेर निरौलालाई लगाइदिएका थिए। निवर्तमान अध्यक्ष यादवले निरौलालाई पदको सपथ खुवाएका थिए।

कार्यक्रम इनरुवा जेसिज वर्ष २००६ का अध्यक्ष तथा नेपाली काङ्ग्रेस इनरुवा नगर सभापति राजन मेहताको प्रमुख आतिथ्यमा भएको थियो। उनीसहित नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष तथा इनरुवा जेसिजका लागि नियुक्त राष्ट्रिय उपाध्यक्ष जेसी देवु बानिया, कानुनी सल्लाहकार बहादुर तामाङ, राष्ट्रिय उपाध्यक्षहरू जेसी विदुर थापा र जेसी सुरेन्द्र श्रेष्ठ, इनरुवा उपमेयर बिनिता मेहता, जिल्ला समन्वय समिति सुनसरी उपसभापति कमला खतिवडा, वडा अध्यक्षहरू र पूर्वअध्यक्षहरू वीरेन्द्र शाह, चिनेश्वर मेहता, शिवनारायण यादव, कृष्ण अधिकारी, महिचन शाह, विनोद मिश्र, सेवन्तराज बराल, जितेन्द्र यादव, कुन्दन मेहता, संयम कोइराला, हिरा साह र रमेश कटुवाललाई सम्मान गरिएको थियो।
प्रमुख अतिथि मेहताले सम्बोधन गर्दै समाजका हरेक क्षेत्रमा कुसल नेतृत्व आवश्यक रहेको बताउँदै जेसिजको वार्षिक कुसल नेतृत्व विकास अभियानलाई अनुकरणीय ठहराए। उनले नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअध्यक्ष राजिव कोइरालालाई इनरुवाका युवाहरूको अभिभावक र प्रेरणाको स्रोतको रूपमा सम्झे।
नवनिर्वाचित अध्यक्ष निरौलाले विस्तारित इनरुवाका सबै वडाका युवाहरूलाई सकारात्मक हस्तक्षेपका लागि तयार पार्ने र जेसिजका चारवटै क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले ‘Learn-Lead-Legacy’ लाई २०२६ को थिम घोषणा गरे। पूर्वअध्यक्षहरू, बोर्ड सदस्यहरू र निर्वाचन आयुक्तहरूलाई धन्यवाद दिँदै कार्ययोजना प्रस्तुत गरे।
२०२६ को कार्यसमिति :
– वरिष्ठ कार्यकारिणी उपाध्यक्ष : जेसी सचिन यादव
– कार्यकारिणी उपाध्यक्ष : जेसी निश्चल कार्की, जेसी क्षितिज पोखरेल
– उपाध्यक्षहरू : जेसी अभिषेक खेरबार, जेसी प्रितम अटल, जेसी झरना बस्नेत, जेसी सुचित्रा कुमारी महतो
– महासचिव : जेसी मिलन पौडेल
– कानुनी सल्लाहकार : जेसी सञ्जय मेहता
– कोषाध्यक्ष : जेसी राहुल शाह
– सचिव : विक्रम कुमार पोदार
अध्यक्ष सल्लाहकारमा जेसी जितेन्द्र यादव (२०१९ का अध्यक्ष), बोर्ड सल्लाहकारमा विक्रम कुमार गुप्ता र आरिफ अन्सारी। निर्देशक जेसी ऋषिता शाह, तालिम आयुक्त जेसी संगीत निरौला, जनसम्पर्क अधिकारी जेसी रविन मेहता, महिला संयोजक डा. जेसी आश्मा भट्टराई, व्यापार तथा वाणिज्य संयोजक जेसी प्रेमगुप्ता, सदस्य वृद्धि संयोजक जेसी शुभम कर्ण, खेलकुद संयोजक जेसी दीपेश दुलाल, स्वास्थ्य संयोजक जेसी रोहित यादव, शिक्षा संयोजक जेसी प्रलाद मेहता, सूचना तथा सञ्चार संयोजक जेसी अथर्व आचार्य, विपद् व्यवस्थापन संयोजक जेसी महेश्वर शाह, युवा संयोजक जेसी सुदीप दुलाल, शाखा सम्पादक जेसी साकार पोखरेल, बालबालिका कार्यक्रम संयोजक एन्जिला खतिवडा, बैंकिङ कोअर्डिनेटर जेसी सतिश शाह र व्यापार अन्तरक्रिया संयोजक जेसी सौरभ अटल मनोनित भएका छन्।








