२५ माघ, राजकुमार पासवान कञ्चनपुर। २० बर्ष पछि राहुपूजा हेर्न सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित कञ्चनपुर बेरियरमा दशौं हजार श्रदालुहरुको भिड लागेको थियो । दिनभर राहु पुजामा भगत (पुजारी)ले बाँसमा बाधेर तरवारको धारमा टेकेर उभिने उम्लदै गरेको खीरको भाडोमा हात हालेर खीर चारैतिर छर्किने,बल्दै गरेको आगोमा हिड्ने र भेडालाई दाँतले चेपेर घुमाउने राहु पुजाका बिशेष आकर्षण रहने गरेको छ ।

आस्था र विश्वासका साथ गरिने ‘राहु पुजा’बुधवार कञ्चनपुर बेरियरमा भव्यतापूर्वक सम्पन्न भएको छ। कञ्चनपुर निवासी रविलाल पासवानले उक्त पुजा आयोजना गरिएको थियो । यो राहु पूजा गर्नमा समाजका विभिन्न मानिसहरुको भुमिका तथा आर्थिक सहयोग समेत रहेको छ।
पुजामा जिल्लाका जगतपुर,बदगामा,बरमझिया,रुपनगर,धरमपुर,घोघनपुर,फतेपुर,सुनसरीको इटहरी,मधुवन,तनमुना तथा भारत विहारको बेला,बबुआन,महेपटी लगायत विभिन्न ठाउँबाट दशौं हजार श्रधालुहरु राहु पुजामा सहभागी भएका थिए । राहु पुजा तराई मधेशमा मधेसी समुदायले विगत सयौं बर्ष देखि गर्ने गरेका छन् ।


यो पुजा मधेस भित्रका जुन सुकै जाती समुदायले गराए पनि पुजारी भने दुसाध (पासवान) जातकै हुनुपर्ने परम्परा रहेको छ । कञ्चनपुरमा भएको पुजामा सिरहा जिल्ला लहान न.पा. १४ बस्तीपुरका छुतहरु पासवानले पुजारीको जिम्मेवारी सम्हालेका थिए। सप्तरी कञ्चनपुर फुलीदास चौधरीको खेतमा आयोजना हुने राहु पुजामा पुजास्थलमा मुख्य चार वटा विशेषता रहेको पाईयो।

पहिलो बाँसमा बाधेको तलवारको धारमा टेकेर उभिने,दोश्रो उम्लदै गरेको खीरको भाडोमा हात हालेर खीर चारैतिर छर्किने,तेश्रो बल्दै गरेको आगोमा हिड्ने चौथोमा भेडालाई दातँले चेपेर घुमाउने भेडा मरुञ्जेल नछाड्ने पूजाका विशेष आकर्षण रहेको थियो।

यी चारवटै काम मध्ये तिन काम पुजारी छुतहरु पासवान (भगत)ले गरे भने भेडालाई दातँले काट्ने काम पुजारी चौहमल हरि पासवानले गरिएका थिए। राहु पुजामा जुनसुकै समुदायका जातका मानिस सहभागी तथा पुजा गर्न सक्छन् भन्दै पुजामा सहभागी भगत कल्याणपुरका बिन्दु पासवाले राहु पूजा माघ पूर्णिमा सम्म हुने गरेको जानकारी दिएका छन् । उनका अनुसार राहु पूजा सयौं बर्ष पुरानो रहेको र चलिआएको छ ।


रविलाल पासवानका छोरा प्रदिप पासवानलाई सन्तान नहुने गरेको तर १० बर्ष अघि सप्तरीको कल्याणपुरमा प्रदिपकै ठुलो बुवाको घरमा राहु पूजा हुने भएकोले प्रदिप र प्रदिपका श्रीमतीले सन्तान प्राप्तीका लागि आस्था र विश्वासका साथ भाकल गर्दा सन्तान भएकोले यो पुजा गरिएको प्रदिप पासवानले बताउनु भएको छ । प्रदिपको अहिले एक छोरा,एक छोरी छन् । पूजा गर्न एक साता अगाडी पुजारीलाई निम्तो दिएपछि यो पुजा शुरु हुन्छ । निम्ता पाइसके पछि पुजारी अन्न खादैनन्। एक साता अगाडी नै पुजा गर्ने व्यक्तिको घरमा आएर पुजामा प्रयोग हुने बासलाई वसविटीका झारीमा गएर पूजा गरेर निम्ता दिने गरिन्छ। उक्त वास राहु पूजाका दिन काटेर ल्याउने गरिन्छ।

राहु पूजाको महत्व
निसन्तानलाई सन्तान प्राप्ती,आबाज गुमेको मानिसलाई आबाज समेत आउने गरेको, विरामीहरु समेत निको हुने गरेका छन्। राहुपूजा मधेशमा एक मत्वपूर्णका साथ पूजा भए पनि संक्षरण र समद्र्धण गर्नुपर्ने सहभागी पूजारीहरु बताउछन्। राहु पूजाको अघिल्लो दिन पुजारी पूजा गर्ने घरमा आउँछ। पुजारीका लागि छुटै घर अथुवा (गोहबर)निमार्ण गएिको हुन्छ। विधिवत रुपमा पूजा सकेको दिन मात्रै पुजारी फर्किने गर्दछ । पूजामा सन्तान नहुने महिलाहरु आएर राहुको पूजामा आस्था र विश्वासका साथ आचलमा अक्षेता दिएपछि सन्तान प्राप्ति हुने जनविश्वास रहि आएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia