मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन विपरित रहेको हुनाले अल्लि सोँचविचार र सावधानी अप्नाउनु पर्ने छ । व्यवसाय तथा कर्मक्षेत्रमा केही बाधा अड्चन परिशानी नहोला भन्न सकिन्न । स्वास्थ्यमा पनि समस्या देखिन सक्ने छ, हृदयका दीर्घरोगीहरुले विशोष ध्यान दिन जरुरी देखिएको छ । यदाकदा बिरोधीहरुले चक्रब्यूह रच्नसक्ने तर्फ पनि चनाखो एवं सावधानी हुन जरुरी छ । उपर्युक्त प्रतिकूलताको बाबजुत व्यवहारिक तरिकाबाट सजगता अप्नाइ आफ्नो कर्तव्यपथमा रत्रहनाले आकस्मिक लाभ एवं उपलब्धि भै निराशपन हट्ने छ । माँ भुवनेश्वरीको आराधना तपाईँको लागि आज हितकर हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने तथा आमोद–प्रमोदको चाहनामा बृद्धि हुने छ । व्यवसायिक उन्नति हुनाले केहीहद्सम्म आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । चोटपटक आदिको भय पनि देखिएकोले यात्राको हकमा भने अल्लि विचारपुर्याउन पर्ने देखिएको छ । प्रेम तथा विवाहको प्रस्ताव आउनसक्ने छ । व्यापारमुखी कार्यले बढी सफलता दिनसक्ने छ ।  आज यहाँलाई सात अंक, सेतो रङ्ग शुभ हुनेछ भने माँ इन्द्रायणीको दर्शनभक्ति गर्नुले अनिष्ट गोचरदोषलाई निवारण गर्न मद्दत हुनेछ । शुभप्रद हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल मान्न सकिन्छ । आरोग्यता मिल्ने र कान्तिमा बृद्धि हुनेछ भने शत्रुका विरुद्ध वचस्व कायम गर्न सकिने छ । अवसर तथा समयको सदुपयोग गर्ने चेष्टा बढाएमा प्रतिस्पर्धामा विजयी भइने र सफलता हात लाग्नेछ । लक्ष्मीकृपा बढ्ने योग परेकोले व्यवसायिक कार्यक्षेत्रबाट पनि राम्रो आर्थिक उपलब्धि गर्न सक्नुहुने छ । विपक्षिको सम्मान गर्न जानेको खण्डमा यहाँको ईज्जत बढ्ने छ । आज यहाँलाई हरियो रंग, छ अंक अनुकूल रहने छ भने कुमारीदेवीको स्तुति एवं दर्शनभक्ति गर्नु शुभकर हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन केहीहद्सम्म सुधार भएको देखिन्छ तर पनि मान्छेहरुको नजरमा तपाईँमा आत्मप्रशंसाको चाहना झल्किन सक्ने हुनाले आफ्नो प्रभाव जमाउन अल्लि कठिन पर्नसक्ने छ । समयको सदुपयोग गर्न खोज्नेहरुको लागि भने सिक्ने सिकाउने विषयमा प्रगति गर्नसकिने छ । आज अर्काको चियोचर्चोमा मन जानाले आफ्नो कार्य अधुरो रहनसक्ने कुराप्रति होसियारी रहनु पर्नेछ । गोपनीयता बचाउन पनि यत्न गर्नु पर्ने देखिन्छ । आज पाँच अंक, रातो रङ्ग यहाँको लागि शुभ हुनेछ भने गरीब विद्यार्थीलाई सहयोग गर्नु फापसिद्ध हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन कार्यक्षेत्रमा केही अड्चनको सामना गर्नपर्नसक्ने छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु बढ्ने छन् । आज शुभेच्छुक एवं सहयोगीको कमि महसूस हुनेछ । आफ्नै विचारमा पनि संकिर्णता आइदिनाले मानसिक द्वन्दको शिकार भइनसक्ने छ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्नसक्ने सम्भावना भएकोले  बैठक आदिमा नया“ विषयमा चर्चा गर्दा संयम हुनु बुद्धिमानी हुनेछ । मनलाई सकारात्मक तरिकाले सम्हाल्ने र स्वकार्यमा प्रयत्नशिल रहनाले संघर्षबाट केही लाभ भने गर्नसकिएला । माँ भगवतीको श्रद्धाभक्ति एवं स्तुति गर्नु आज तपाईको लागि उपयुक्त हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन पराक्रम गर्नसकिने र सुखद एवम् अनुकूल रहनेछ । शारीरिक स्फुर्ति बढ्ने हुनाले पौरख गर्न सकिनेछ । काममा मनग्य रुचि बढेर आउनाले रोकिएर रहेका काम पूरा गर्न सक्नुहुने छ । महत्त्वपूर्ण काममा सहयोग पनि मिल्नसक्ने छ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने छ । व्यवसायिक कामबाट आर्थिक लाभ हुनसक्ने लक्षण प्रतित भइरहेको छ । सहयोगी हातहरु पनि जुट्ने छन् भने मान्छेहरुबाट तपाईँको  क्रियाशिलताको प्रशंसा पनि मिल्नेछ । आज यहाँको लागि तीन अङ्क र  हरियो रङ्गको प्रयोग गर्नु फापसिद्ध हुनेछ भने माँ इन्द्रायणीको दर्शनभक्तिले थप सफलता प्राप्त गर्न मद्दत हुनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन बोलीको अपव्याख्या हुनसक्ने सम्भावना पनि छ । तथापि सावधानि अप्नाउने र सुझबुझपूर्वक जनव्यवहार गर्नाले कार्यलाभ हुनसक्ने छ । लाभको बाबजुत सञ्चित धनसम्पत्ति दुरूपयोग वा अपव्ययको संभावनालाई नकार्न भने सकिन्न । कसैकसैलाई विपरित खानपानको संगतमा पर्नसकिने सम्भावना पनि देखिएको छ । राम्रोसँग मानसिक एवं भौतिक मेहनत दिनसके पेशा तथा व्यवसायबाटै सन्तोषप्रद उपलब्धि प्राप्ति हुनेछ । आज तपाईले भगवान श्री गणेश एवं माँ सन्तोषीको उपाशना गर्नु फलप्रद हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन सौहार्दपूर्ण उत्साह एवम् उमङ्गको वातावरणमा बित्ने देखिन्छ । इष्टजनहरुको आगमनले शोभायमान वातावरण बन्नेछ भने औपचारिकतानिर्वाहको लागि व्यस्ततापूर्ण दिनचर्या रहनेछ । कसैकसैको लागि निमन्त्रणा तथा मिष्ठान्न आदिलेस्वागत सत्कारको अवसर प्राप्त हुनेछ । व्यापार एवम् व्यवसायिक कार्यबाट राम्रो फाइदा उठाउन सक्नु हुनेछ । राजकाज तथा नोकरी आदिमा पनि ग्रहले उपयुक्त भूमिका निर्वाह गरेको हुनाले सन्तोष प्राप्ति हुनेछ । अन्य पेशाकर्मीको लागि पनि लाभ मिल्नेछ । सारांसमा आज यहाँहरुलाई व्यस्तताको बाबजुत पनि सफलताको कारण मानसिक शान्ति र सन्तोष प्राप्त हुनेछ । आज एक अङ्क, पहेंलो रङ्गको प्रयोग र माँ भुवनेश्वरीको दर्शन एवं भक्ति गर्नु उपयुक्त रहनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन सामान्य कार्यलाई पनि बढी मेहनत गर्नुपर्ने दिन रहेको छ । विचार नपुर्याइ जोशमा आएर कुनै पनि विषयको आसक्ति नगरेकै राम्रो हुनेछ । फजुल खर्च तथा यात्रा आदिलाई ग्रह स्थितिले प्रोत्साहन गरिरहेकोले सोँचविचार नगरी गरिएको कामले पश्चाताप पार्नपनि सक्नेछ ख्याल पुर्याउनु होला । पारिवारिक वा प्रेमसम्बन्धमा पनि केही वितृष्णा पैदा हुनसक्ने छ । हतोत्साहित नभइ आफ्नो कार्यमा लगनशीलतापूर्वक लागिरहनाले अन्तिममा केही लाभ हातपार्न सकिनेछ । यहाँको लागि आज तीन अङ्क र पहेंलो रङ्गको उपयोग गर्नु हितकर हुनेछ भने नगरी नहुने कार्यमा सफलताको लागि भगवान श्री गणेशको उपाशना र गुरुजनको आर्शिवाद लिनु हितकर हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन लक्ष्मीकृपाको योग परेको देखिन्छ । तसर्थ व्यवसायिक क्षेत्रबाट राम्रो आम्दानी गर्नसकिने छ । विद्यार्थीहरु परीक्षामार खेलाडि तथा शारीरिक प्रतिस्पर्धीहरु प्रतिस्पर्धामा उर्तिण तथा विजयी हुनसकिने छ । सन्तानको पक्षबाट पनि सन्तोष मिल्नेछ । अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी दिनको सदुपयोग गर्नाले अझ बढी सन्तोष लिनसकिने छ । विवाह योग्य युवायुवतीको लागि पनि जोडी भेटिन सक्ने ग्रहप्रभाव रहेको छ । आज यहाँलाई दुई अंक, सेतो रङ्गको प्रयोग शुभ हुनेछ  भने माँ जगदम्बाको वन्दना गर्नु हितप्रद हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन दिनलाई उत्तम मान्न सकिन्छ । विशेष कामको योजनामाथि विचारविमर्श गराउनसक्ने गोचर परेको छ । औपचारिक मानसम्मानमा बढोत्तरी हुनेछ भने पदप्रतिष्ठाको आश्वासन पनि मिल्नसक्ने छ । उन्नति एवम् उच्चवर्गसँगको संपर्कले मनोबल र महत्त्वाकांक्षा पनि बढाउने छ । राजनीति तथा समाजसेवा वा जागिर आदि कार्यक्षेत्रमा जिम्मेवारी मिल्नसक्ने छ । व्यवसायले प्रसिद्धि पाउनेछ । आत्मबल बढेर आउनेछ । आज यहाँको लागि एक अङ्क, रातो रङ्गको प्रयोग र भगवान शिवको आराधना शुभप्रद हुनेछ । गरीब दीनदुःखीलाई दान सहयोग गर्नाले ईच्छित कार्य पूरा गराउन दैवीय कृपा मिल्नेछ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन अध्यात्मिक तथा आस्तिक भावना बढ्ने तथा धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुनेछ । समाजसेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा पनि लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ भने जागिरबाट पनि सन्तोष भइनेछ । आज यहाँहरुलाई नौ अङ्क, पहेलो रङ्गको प्रयोग र माँ इन्द्रायणीको श्रद्धाभक्ति शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia