मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन दबाब तथा अपयश र कान्तिमा मलिनताको बाबजुत पनि अध्यात्मिक तथा आस्तिक भावना बढ्ने तथा धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुनेछ । समाजसेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा पनि लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ । आज यहाँहरुलाई नौ अङ्क, पहेलो रङ्गको प्रयोग र भगवान श्री सूर्यनारायणको श्रद्धाभक्ति शुभ हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन विपरित महसूस हुनसक्ने छ । बोलिचाली एवं जनव्यवहारमा  सोँचविचार र सावधानी अप्नाउनु उचित हुनेछ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन परिशानीजन्य स्थिति सृजना हुनसक्ने गोचरको प्रभाव छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या रहनसक्ने छ, हृदयका दीर्घरोगीहरुले विशोष ध्यान दिन जरुरी देखिएको छ । उपर्युक्त संघर्ष एवं प्रतिकूलताको बाबजुत खासै सोँचविचार नभएको काम बनेर केही राहत भने मिल्नेछ । आज यहाँले गुरुजन तथा इष्टदेवको श्रद्धाभक्ति बढाउनु शभदायक हुनेछ । भने हनुमानदेवलाई खुशी बनाइ अघि बढ्नु बुद्धिमानी हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन यद्यपि विलासी प्रवृति बढ्ने गोचर परेको छ । तरपनि अभिष्ट चाहना पूरा गराउन केही अल्झनको सामना गर्नपर्ने देखिएको छ । तथापि दाम्पत्य सुखमा केही विकास हुनसक्ने छ । उन्मादि ऐयाशी जीवनशैलीको अभ्यास भने नहोला भन्नसकिन्न । व्यवसायबाट केही लाभ हुनेछ भने स्वजनमिलन र यात्राको सम्भावना पनि देखिएको छ । व्यापारकर्म तथा यात्रा आदिबाट सम्पादन हुने कार्यविशेषलाई ग्रहले उत्प्रेरणा दिएको छ । मुख्य कार्यमा आउने अल्झन तथा बाधा अबरोध हटाउन आज यहाँले भैरदेवको स्तुति गर्नु शुभप्रद रहनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन व्यवसायिक प्रगति हुनगइ राम्रोमात्रामा धनार्जन हुने एवम् सन्तुष्टि मिल्ने छ । विरोधीसँगको प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने तथा विजय मिल्ने छ । लौकिक प्रभुत्व बढ्ने तथा शत्रुपक्षलाई झुकाउन सकिने योग परेको छ । व्यापारीलाई यथेष्ट लाभ हुनसक्ने छ भने उद्यमको विकास र प्रख्याति बढ्ने देखिन्छ । शारीरिक स्वास्थ्यमा आरोग्यता बृद्धि हुनगइयथेष्ट आत्मबल बढ्ने छ । आ“टसाहसले कार्य संपादन गर्नसकिने छ ।  अनुहारमा कान्ति बढ्ने तथा मान्छेहरु आकर्षित हुनेछन् । मनोरम स्थानको यात्रा हुने र प्रेमीबाट प्रेमसुख प्राप्त हुनेछ । गौरवानुभूति  हुने दिन छ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन दिनलाई सुधारोन्मुख त मान्न सकिन्छ । तरपनि कुनै कुनै क्षेत्रमा आक्रोश एवं रणनीतिक भूमिकाको चेष्टा हुनसक्ने छ । अध्ययन आदि प्राज्ञिककर्ममा सफलता एवं नीतिगत कार्यमा सम्मान पनि नमिल्ला भन्न सकिन्न । कुट्नैतिक कार्य तथा प्रस्तुतिमा सफलता र प्रशंसा पाइने छ । अदृष्य समस्या आइपर्ने र समयको दुरुपयोग हुने हो कि भन्ने डर पनि देखिएको छ । सैद्धान्तिक छलफल र अर्तिउपदेश जन्य वातावरणको संयोग जुट्न सक्नेछ । कसैकसैलाई सन्तानको बाटोबाट चिन्तित हुनपर्ने कुरालाई पनि नकार्न सकिन्न । आज यो राशि हुनेहरुले कुमारीकन्यालाई सेतोवस्तु दान दिनु विशेष हितकर हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन होसियारी रहनुपर्ने देखिएको छ । विनाकारण कसैसँग वादविवाद तथा मनमुटाव हुनसक्ने सम्भावना रहेको छ । व्यवहारमा जरुरीसम्बन्ध मात्रै राख्नु उपयुक्त हुनेछ । आज केही पारिवारिक समस्याको पनि सामाना गर्न पर्नसक्ने छ । अगाडि सारिएको  काममा विलम्ब हुने तथा अबरोध आइपर्नसक्ने सम्भावना रहेकोले धैर्यताको मानसिकताको विकास एवम् अभ्यास अवलम्बन गर्नुपर्ला । मानसिक संकिर्णतालाई प्रवेश नदिई आफ्नो कर्मक्षेत्रलाई निरन्तरता दिनाले भने केही लाभ गर्नसकिने छ । आज चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने आमाको आर्शिवादले यहाँलाई ठूलो हित गर्नेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन पुरुषार्थिलो रहनेछ । जोशजाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । आज यहाँलाई कुनै कन्यालाई सेतो वस्तु दान दिनु उपयुक्त हुनेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव आउनसक्नेछ । पेशागत क्षेत्रबाट आर्थिक उपार्जन गर्न सकिनेछ । तेस्रोक्रम, प्राकृतिक रङ्ग आज तपाईको लागि उपयुक्त रहनेछ भने कसैको दाजुभाइबीचको सम्बन्धमा सुधारको लागि समन्वय गरिदिँदा प्रष्तिठा बढ्ने छ । भगवान श्री सूर्यजीको सेवा आराधना गर्नाले उपलब्धि वृद्धि हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन सामान्य अनुकूल देखिएको छ । वाणीमा दोषलाग्न सक्छ, बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । व्यवसायिक कार्यमा भने प्रगति नै हुने देखिएको छ तथापि सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । समाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । परोपकार तथा कसैको काममा जुट्न पर्ने र आफ्नो कार्य थाति रहनसक्ने कुरालाई पनि नकार्न सकिन्न । आज यहाँको लागि दुई अंक, सेतो रंगको प्रयोग शुभ रहने छ भने भगवान सूर्यको सेवाआराधना गर्नुले अनिष्टदोषलाई हटाउन मद्दत हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन खुशी एवम् उत्साह र उमङ्गिलो भएर बित्ने देखिन्छ । इष्टमित्रहरुको आगमनले पारिवारिक वातावरण रमाइलो हुनेछ । पेशा तथा व्यवसायका कामहरु थपिनसक्ने छन् । दिनचर्या व्यस्त नै रहनेछ । स्वागत सत्कारको अवसर पनि प्राप्त हुनसक्ने छ । कार्यक्षेबाट हैसियत एवम् औकात अनुसारको फाइदा उठाउन सकिनेछ । जागिर एवम् समाजसेवा र राजनीतिक क्षेत्र आदिमा पनि सन्तोषप्रद वातावरण बन्नसक्ने छ । यहाँहरुको लागि आज एक अंक, पहेंलो रङ्ग र भगवान आदित्यको सेवाश्रद्धा उपयुक्त रहनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन खर्च बढ्नसक्ने देखिएको छ भने कार्यक्षेत्रमा पनि अल्लि बढी मेहनत गर्नुपर्ने छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न । अल्लि बढी कोसिस एवम् संघर्षले केही उपलब्धि ल्याउन सकिएला । औपचारिकता निर्वाह गर्नपर्ने खालका भेट्घाट आदिको लागि याात्रा गर्नु, उपहार आदि दिनु जस्ता कार्यमा खर्चको सदुपयोग गर्नु उचित हुनेछ । त्यस्तै ३ अंक र पहेंलो रङ्ग यहाँलाई आज शुभ हुनेछ भने कसैको सहयोगार्थ निस्काम भूमिका निर्वाह गर्नाले सन्तोष मिल्नेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन सदुपयोग गर्नजाने लाभकर दिन परेको छ । पेशागत कार्यमा उपयुक्त सफलता मिल्नेछ । अनुकूल गोचरप्रभावको सदुपयोग गरी व्यवसायबाट प्रचुर लाभ गर्नसकिने छ । पुरुषार्थ बृद्धि हुने रसोवापत मान्छेहरुबाट प्रसंशा मिल्ने तथा सहयोग पनि प्राप्ति हुने गोचर लक्षण छ । आफन्तजनबाट सहयोग प्राप्त गर्नसकिने तथा व्यवहारिक प्रगति एवम् स्याबासी मिल्ने र यश कृति पनि बढ्ने छ । प्रगतिकारक दिनको सदुपयोग गरी वैयक्तिक प्रगति एवं व्यवसायिक उन्नयन तर्फ चेष्टा दिनु बुद्धिमानी हुनेछ । गुमेको प्रतिष्ठा फर्काउन र बैंकब्यालेन्स बढाउनसकिने साथै विद्यामा पनि प्रगति हुनेछ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन औपचारिक मानसम्मानप्रद रहनेछ । नोकरी आदि पेशा र व्यापार व्यवसाय एवम् समाजसेवाको क्षेत्रबाट प्रशंसा प्राप्त हुनेछ । राजनीतिमा पनि पदप्रतिष्ठा कायम हुनसक्ने छ । उच्चपदस्थ व्यक्तित्त्वसँग भेटघाट हुन तथा योजना आदि तर्जुमा गर्न सकिनेछ । कार्यक्षेत्रबाट यथोचित भौतिक लाभ हातपर्ने ग्रहयोग देखिन्छ । शिक्षा क्षेत्रमा पनि ग्रहले उपयुक्त भूमिका निर्वाह गरेको छ, समयको फाइदा लिनुहोला । यहाँलाई आज एक अंक, रातो रङ्गको उपयोग र भगवान रामचन्द्रको श्रद्धाभक्ति गर्नु हितकर हुनेछ  ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia