इनरुवा फागुन ३/अस्पताल हातामा जथाभावी फोहोर गर्ने क्रम नरोकिएपछि स्थानीय युवा समूहले “तपाई थुक्नुस हामी पुच्छौं ” अभियान संचालनमा ल्याएको छ । इनरुवा अस्पतालका भित्ता तथा परिषर पान तथा गुट्का खाएर थुकिएको थुकले राताम्मै बनेपछि अस्पताल पुग्नेहरुमा जिम्मेबारी बोध गराउन स्थानीय युवा समूह इनरुवा युनाइटेडले अभियान संचालनमा ल्याएको हो ।

संस्थाका अध्यक्ष निश्चल शर्माले स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रप्रति सर्वसाधारणलाई स्वयं उत्तरदायी बनाउन अभियान संचालनमा ल्याइएको बताउनुहुन्छ । इनरुवा अस्पतालका भित्ता सहितका परिषर क्षेत्रमा जथाभावी थुक्ने क्रम नरोकिएपछि अस्पताल प्रशासनले केहि समयअघिनै विभिन्न देविदेवताका फाटो टाँसेको थियो । यद्यपी थुक्ने र फोहोर गर्ने क्रम नरोकिएपछि स्थानीय युवा समूह इनरुवा युनाईटेडले तपाई थुक्नुस, हामी पुच्र्छौ नामक दबाब मूलक अभियान संचालनमा ल्याएको हो । अभियानलाई इनरुवा अस्पतालका कार्यरत कर्मचारी सहित प्रशासनले समेत साथ दिएको डाक्टर बिशाल सुवेदीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia