६ फागुन, इनरुवा। भोक्राहा नरसिंह गाउपालिका ६ मा रहेको सजिलो कृषि सहकारी संस्थाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। भोक्राहा नरसिंह गाउपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त रक्तदान कार्यक्रममा कुल ४१ पिन्ट रगत संक्लन गरिएको हो। भोक्राहा नरसिंह गाउपालिकाको मोडल चौकमा सञ्चालन भएको रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी सुनसरीले दिएको थियो।
कार्यक्रमको अध्यक्षता हाजी इसराईल मंसुरीले गर्नु भएको थियो भने प्रमुख अतिथि भोक्राहा नरसिंह गाउपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव रहनुभएको थियो भने विशिष्ट अथितिमा जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष दामोदर कोइराला रहनुभएको थियो। भोक्राहा नरसिंह गाउपालिकाको आर्थिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको थियो।
स्थानिय युवा आरिफ हुसैनले दिनुभएको जानकारी अनुसार भोलि सोमबार मोडल पब्लिक स्कुल भोक्राहाको प्राङ्गनमा सजिलो कृषि सहकारी संस्थाले वृहत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। उक्त शिविरमा गोल्डेन अस्पताल बिराटनगर तथा सुनसरी मोडल अस्पताल इनरुवाको प्राविधिक सहयोग रहनेछ।










