ओश्लो, २४ मंसिर-विश्वको एक प्रसिद्ध र प्रतिष्ठित मानिएको नोवेल शान्ति पुरस्कार बिहीबार नर्वेको राजधानी ओश्लोमा वितरण गरिँदै छ । ओश्लोमा सो पुरस्कार वितरणका लागि विशेष समारोहको आयोजना गरिएको छ । ट्युनिसियाका चारवटा संस्थालाई सो पुरस्कार प्रदान गरिएको घोषणा यसअघि नै भइसकेको छ । ती संस्थाले ट्युनिसियाको सङ्क्रमणकालीन राज्य व्यस्थालाई व्यवस्थित गरी प्रजातान्त्रिक शासनका रुपमा स्थापित गर्ने कार्यमा सहयोग पु¥याएका थिए । उनीहरुको यो प्रयासको अनुशरण मध्यपूर्वी दुई देश सिरिया र लिबियामा पनि हुन सक्ने अपेक्षाका साथ ती संस्थालाई पुरस्कृत गरिएको बताएका थिए । सिरिया र लिबियामा पनि सन् २०११ मा ट्युनिसियामा जस्तै आन्दोलन सुरु भएको थियो । तर प्रजातान्त्रिक शासनको अवस्था यी दुई देशमा भने देखिँदैन । टुनिसियाली मानवअधिकार समूहका प्रमुख अब्देस्तर बिन मौसाले नर्वेको राजधानी ओश्लोमा भने– हतियार कहिल्यै पनि समाधान होइन र जस्तोसुकै अवस्थामा पनि वार्ताको विकल्प छैन । उक्त मानवअधिकारवादी समूह पनि नोवेल पुरस्कारबाट पु्रस्कृत हुने संस्थामध्येको एक हो । उनले भने– रगत या लडाकू यी कुनैपनि समाधानका साधन होइनन् । ओश्लोमा बिहीबार मध्यान्हमा सो पुरस्कार वितरण समारोहको आयोजना गरिएको छ । नर्वेका राजा ह्यारोल्ड तथा विश्वका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितिमा सो पुरस्कार वितरण गरिने छ । नोवेल कमिटीले सो पुरस्कार वितवरणको कार्यक्रमको भव्य तयारी गरेको बताइएको छ । पुरस्कार ग्रहण गर्नका लागि ती चारैवटा संस्था ओश्लो पुगेका छन् । तीन महिना अगावै घोषणा गरिने सो पुरस्कारको वितरण हरेक वर्ष विश्व मानवअधिकार दिवस, डिसेम्बर १० का दिन, अर्थात आजै वितरण गर्ने गरिन्छ ।काठमांडुटुडेबाट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय
ढाका– बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दमन गर्ने क्रममा ‘मानवताविरुद्धको अपराध’ गरेको ठहर गर्दै त्यहाँको अदालतले तत...
केदारनाथमा हेलिकप्टर दुर्घटना हुदा सात जनाको मृत्यु (नामवली सहित)
भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा आइतबार बिहान हेलिकप्टर दुर्घटना भएको छ। नवभारत टाइम्सका अनुसार केदारनाथ क...
अमेरिकी उत्पादन आइफोन अमेरिकामै अत्याधिक महंगो !
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई अमेरिका बाहिर बनेका आईफोनहरूमा २५ प्रतिशत कर लगाउने धम्की दिएका ...
ट्रम्प प्रशासनले टिकटकलाई ७५ दिनको समय थपिदियो
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामाजिक सञ्जाल एप टिकटक बेच्ने समयसीमा फेरि बढाएका छन्। अब यो भिड...
नासाको मिसन फेरी रोकियो, सुनिता र ब्यारीको पृथ्वी फिर्ती अझै ढिलाइ
काठमाडौँ । नौ महिनादेखि अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी ब्यारी विल्मोरको पृथ्वी...
भारतको जीडीपी ६.२ प्रतिशतले बढ्यो
भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) को तेस्रो त्रैमासिकमा ६.२ प्रतिशतको ...









