- अमर काफ्ले

८ फागुन,  इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा जारी प्रथम मेयर कप भलिबल प्रतियोगिताको दोस्रो खेलमा आयोजक शान्तिदीप नेपाल बिजयी भएको छ । आज भएको खेलमा आयोजक शान्तिदीपले डुम्राहालाई पराजित गरेको हो ।

बेस्ट अफ फाइभका आधारमा खेलाइएको प्रतियोगिताको लगातार तीन सेट शान्तिदीपले आफ्नो पक्षमा पारेको थियो । प्रतियोगिताको म्यान अफ दि म्याच इनरुवाका रामेश सोनी घोषित भएका छन् । प्रतियोगिता अन्र्तगत भोलिको खेल नेपाल प्रहरी र रामधुनी भासीबिच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधी बिजेताले नगद ७० हजार प्राप्त गर्ने छ भने दोस्रो हुनेले नगद ३५ हजार सहित शिल्ड प्राप्त गर्ने छ । प्रतियोगितामा पूर्वका १२ वटा टिमको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia