९ फागुन, इटहरी । सुनसरीको कोशी गाउँपालिकाले साप्ताहिक रुपमा बजार क्षेत्र सरसफाई गर्ने भएको छ । गाउँपालिकाका सरोकारवालाहरुको छलफल गरी आगामी शनिवार देखि गाउँपालिका अन्तर्गतका बजार क्षेत्रहरु सरसफाई गर्ने सहमति गरेको हो । गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, उद्योग बाणिज्य संघका अरुण यादव विभिन्न सरकारी तथा गैर सरकारी संस्थामा आवद्ध मानिसहरुको सहभागिता रहेको छलफलले बजार व्यवस्थापनका साथै सरसफाई अभियान सञ्चालन गर्ने सहमति गरेको जनाइएको छ ।
सरसफाई अभियानलाई निरन्तरता दिने विषयमा स्थानीयवासी समेत सकारात्मक भएकाले सरसफाई अभियानमा स्थानीयको समेत उल्लेखिय सहभागिता हुने आफुले विश्वास लिएको गाउँपालिकाका अध्यक्ष अन्सारीले वताए । कोशी गाउँपालिका पुर्वकै प्रसिद्ध पर्यटकिय क्षेत्र कोशी टप्पु वन्य जन्तु आरक्ष समेत रहेको कारण पनि सरसफाई अभियान प्रभावकारी हुने अनुमान गरिएको छ ।








