९ फागुन, इनरुवा। सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । जिल्लाको हरिनगर र कोशी गाउँपालीकामा बुधबार छुट्टाछुट्टै आगलागी हुँदा सो बराबरको क्षति भएको हो ।
हरिनगर गाउँपालीका वडा नम्बर ५ शिसुवा स्थित तैयब अन्सारीको घरमा बाट सल्केको आगोले तैयब र उनका छिमेकी हबिब अन्सारीको एउटा एउटा घर आगलागीमा पुर्ण रूपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ । अचानक आगलागी हुँदा दुईवटा घरसंगै मेसिन,सनपाट लगायत जलेर नस्ट हुँदा ८ लाख बढीको क्षति भएको शिसुवा प्रहरी चौकीका प्रमुख नरबहादुर खड्काले जानकारी दिए ।
आगलागी लाई स्थानीयबासी,नेपाल प्रहरी,सशस्त्र प्रहरी,इनरुवा नगरपालिकाका दमकलले करिब दुई घन्टा पछि नियन्त्रणमा लिएको थियो । यता सुनसरी कोशी गाउँपालीका ५ मा आगलागी हुँदा करिब २ लाख बराबरको क्षति भएको बिओपी श्रीपुरले जानकारी जनाएको छ ।








