- मिकाइल आलम

१० फागुन, इनरुवा। सुनसरीमा बाढी पीडित लाई राहत वितरणमा जनप्रतिनिधिहरुले भेदभाव गरेको पाइएको छ । वास्तविक बाढी पीडितको नाममा आएको राहत उनीहरू लाई वितरण नगरि आफूलाई चुनावमा भोट दिनेहरू लाई वितरण गर्न लगाइएको पाइएको हो ।

सुनसरीमा विभिन्न संघ संस्थाहरुले कतिपय स्थानमा जनप्रतिनिधिसंग सम्पर्क नगरी आफूखुशी वितरण गरेको जनप्रतिनिधिहरुले प्रतिक्रिया दिएका छन् । गणतन्त्र चीनको सहयोगमा सुनसरीको वास्तविक बाढी पीडितका नाममा आएको विभिन्न राहत सामाग्री पहुँचका आधार वितरण गरेको वास्तविक बाढी पीडितहरुले गुनासो गरेका छन् ।

कोशी गाउँपालीको विभिन्न वार्डमा चीन सरकारको सहयोगमा आएको राहत सामाग्री हुनेखाने परिवारलाई वितरण गरिएको हो । कोशी क्षेत्रमा १ देखि ८ वडा सम्ममा ५ सय ७० जनालाई वितरण गरेको राहत सामाग्री मध्ये अधिकान्श बाढी पीडित नभएकोले पाएका छन् । सुनसरीको कोशी गाउँपालीका की जहिदा खातुनले गरिब, विपन्न तथा बाढी पीडितको नाममा आएको राहत अन्यलाई वितरण गरेको गुनासो गरिन । खातुनले राजनीति पहुँचको आधारमा राहत सामाग्री वितरण गरेकोमा दुखेसो पोखिन् ।

केहि वर्ष अघिसम्म जनप्रतिनिधि बिहिन हुँदा पनि यस्तो भेदभाव हुदैनथ्यो खातुनले भनिन् अब त भोट् दिनेलाई छानेर राहत वितरण गर्छन् । के हामीले यसैका लागि जनप्रतिनिधि निर्वाचित गराएका हुन् ? प्रश्न गर्दै कोशी गाउँपालीका ३ पश्चिम् कुसाहाका कमल साहले गुनासो गरे । पश्चिम कुसहाका स्थानीयहरुले दिएको जानकारी अनुसार राहत वितरणमा वडा अध्यक्ष सुलेमान मन्सुरीले आफू निकटका लाई मात्रै राहत सामाग्री वितरण गर्न सिफारिस गरेको हो ।

अन्य ७ वटा वडा मध्ये सबैभन्दा बढी ८० जनालाई ३ नम्बर वार्डमै राहत वितरण गरिएकोमा अध्यक्ष मन्सुरीले वास्तविक बाढी पीडित लाई नभए हुनेखाने परिवारलाई वितरण गराएको स्थानीयहरुले गुनासो गरेका छन् । विभिन्न स्थानबाट वास्तविक बाढी पीडितको नाममा आएको राहत सामाग्री गाउँपालीकासंग समन्वय नगरी संघ संस्थाहरुले आफूखुशी वितरण गरेको कोशी गाउँपालीका श्रोतले जनाएको छ । यसबारेमा कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीसंग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia