- अमर काफ्ले

११ फागुन, इनरुवा। सुनसरीको इनरुवामा ५ दिनयता संचालनमा रहेको योग शिविर समापन गरिएको छ । प्रदेश नम्वर एकका उद्योग, पर्यटन, वन तथा वातावरण मंत्री जगदिश कुसियतले प्रशिक्षक पूर्नताजगी तालिमको समापन गर्नु भएको हो ।

प्रमुख अतिथि मंत्री कुसियत धार्मिक विधि विधान अनुसार गरिएको हवनादी कार्यमा सहभागि बन्नु भएको थियो । मंत्री कुसियतले योग अभ्यासले व्यक्ति हुँदै सिङ्गो मूलुक स्वस्थ्य हुने भएकाले सबैकालागि योग अनिवार्य रहेको धारणा राख्नु भयो ।

कार्यक्रममा मंत्री कुसियतले प्रदेश नम्वर एकमा आफुले पाएको जिम्मेबारी निष्ठापूर्वक बहन गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । ५ दिन सम्म चलेको पूर्नताजगी तालिममा इनरुवा सहित जिल्लाभरका ६५ जना योग प्रशिक्षकहरुले सहभागिता जनाएको महामंत्री कृष्ण दाहालले बताउनु भयो । पतञ्जली योग समिति सुनसरीको आयोजनामा संचालित योग प्रशिक्षक पूर्नताजगी तालिममा योग गुरु लोकनाथ खनालले प्रशिक्षण दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia