१२ फाल्गुन, इनरुवा। इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोला छेउबाट प्रहरीले शुक्रबार भन्सार छलेको युरीया मल तथा थान कपडा बरामद गरेको छ। जिल्ला प्रहरी कर्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले शुक्रबार साँझ भारतबाट लुकाई छिपाई ल्याउदै गरेको ७ बोरा युरीया मल तथा ८ सय ४० मिटर थान कपडा बरामद गरेको हो।
बरमाद सामान आवश्यक कार्वाहीकोलागी सेतुवन्धक भन्सार कार्यालय कोशी व्यारेजमा पठाईएको प्रहरीले जनाएको छ। यता सोही कार्यालयबाट खटिएको प्रहरीको टोलीले सुनसरीको रामधुनी-१ स्थितबाट भन्सार छलेर ल्याउदै गरेको १ सय ४ वटा ब्रोइलर कुखुरा बरमाद गरेको छ।








