१४ फागुन, इनरुवा। सुनसरी साक्षर जिल्ला घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला शिक्षा कार्यालय सुनसरीले भोलि हुने घोषणा सभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । अघिल्लो वर्षनै साक्षर जिल्ला घोषणाको तयारी गरिएको भएपनि भोलिभने औचारिक कार्यक्रमकाबिच सुनसरीलाई साक्षर जिल्ला घोषणा गरिँदै छ ।
प्रदेश नम्वर एकका मूख्य मंत्री शेरधन राईले घोषणा सभाका बिच सुनसरी जिल्ला साक्षर भएको घोषणा गर्नु हुने कार्यक्रम रहेको जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले जानकारी दिनुभयो । बिहान ११ बजे हुने साक्षर जिल्ला घोषणा कार्यक्रमकालागि सदरमुकाम इनरुवा सहित आसपास राजमार्गमा तुल तथा ब्यानरहरु सजाइएको छ ।

भगवति माविको मैदानमा हुने औपचारिक कार्यक्रम पूर्व जिल्ला शिक्षा कार्यालय सुनसरी हातामा निर्माण गरिएको साक्षर स्तम्भ अनावरण गर्ने कार्यक्रम रहेको जिल्ला शिक्षा अधिकारी सुवेदीले बताउनुभयो । हाल कायम रहेको ७७ जिल्ला मध्ये पछिल्लो पटक घोषणा हुन लागेको सुनसरी ४५औं साक्षर जिल्ला बन्दैछ । साक्षर जिल्ला घोषणकालागि १६ देखि ६० वर्ष उमेर समूहको साक्षरता प्रतिशत ९५ दशमलव पुगेको हुनुपर्ने हुन्छ । हाल सुनसरीको साक्षरता प्रतिशत ९५ दशमलव ५० रहेको छ । कार्यक्रममा प्रदेश एकका भिआइपी लगायतको उपस्थिती रहने भएकाले सोही अनुरुपको तयारी गरिएको शिक्षा अधिकारी सुवेदीले बताउनुभयो ।









