- मिकाइल आलम

१५ फागुन, इनरुवा । राहत वितरणमा भेदभाव गरेको कोशी गाउँपालीका क्षेत्रका जेष्ठ नागरिकहरुले गुनासो गरेका छन् । आफूहरुको नाममा विभिन्न शिर्षकमा आएको राहत सामाग्री नपाएको भन्दै उनीहरूले गुनासो गरेका हुन । बाढी पीडितको नाममा कोशी गाउँपालीकामा वितरण गरिएको राहत आफू जस्ता दर्जनौं वास्तविक निमुखा बाढी पीडितले नपाएको कोशी गाउँपालीका वडा नम्बर ७ का लतिफुल मिया भाटले गुनासो गरे ।

मियाले ७ नम्बरका वडाध्यक्ष रामचन्द्र महतोले बाढी पीडितको नाममा आएको विभिन्न राहत सामाग्री आफन्त लाई बाडेको आरोप लगाए । ८१ वर्षिय वृद्ध अवस्थाका मियाले सुनसरी प्रशासन लाई जनप्रतिनिधिको विभेद रोक्न आग्रह गरे । एक छाक टार्दा अर्को छाक के खाने अवस्थाका बोकाई रामको गुनासो पनि उस्तै छ । राहत सामाग्री आएको थाहा नपाउदै बाडिन्छ बोकाईले दुखेसो पोख्दै भने । ८० वर्षिय बोकाईले यस्तो प्रवृत्ति अन्त्य गर्न पहल गरिदिन आग्रह गर्छन् ।

मागेर जेनतेन जीविकोपार्जन गर्दै आएका बोकाईले जनप्रतिनिधिले गरेको विभेद रोक्न र गरिब निमुखा जनताको नाममा आएको राहत सामाग्री अन्यलाई वितरण गर्न बाट रोक्न माग गरे । बाढी पीडितको नाममा आएको राहत सामाग्री वितरणमा मात्र नभए ७ नम्बरका वडाध्यक्ष रामचन्द्र महतोले विभिन्न समयमा गरिब,विपन्न,जेष्ठनागरिकको नाममा आएको राहत सामाग्री आफू निकटका लाई बाडेको ७८ वर्षिय जैनब खातुनले दुखेसो पोखिन् । लतिफुल,बोकाई र जैनब मात्र नभए अधिकान्श पाउनुपर्नेले राहत सामाग्री पाएका छैनन् ।

साविक हरिपुर गाविसका ७७ वर्षिय लूटन रामले राहत सामाग्री पाइने आशाले पटक पटक वृद्ध अवस्थामा वडा कार्यालय धाएर पनि खाली हात फर्काएको गुनासो गरे । गरिब,अपांग,अशक्तका नाममा आएको राहत जनप्रतिनिधिले आफ्ना कार्यकर्ता लाई बाडने गरेको उनलेे आरोप लगाए । यता कोशी गाउँपालीका ७ का वडाध्यक्ष रामचन्द्र महतो भने वास्तविक बाढी पीडितलाई नै राहत वितरण गरेको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia