- मिकाइल आलम

१५ फागुन, इनरुवा। सुनसरीको दुहबी नगरपालिका १० सिमरिया स्थित रहेको श्री जनता उच्च माविका विद्यार्थीहरु आन्दोलित भएका छन् । एसईई परिक्षा नजिकिदै गए पनि पढाउने शिक्षक फेस्बुकमा ब्यस्त भएको भन्दै विद्यार्थीले बिद्यालयमा तालाबन्दी गर्दै आन्दोलित भएका हुन ।

एसईई परिक्षा आउन दुई महिना भन्दा पनि कम समय बाकी हुँदा समेत शिक्षकहरु फेसबुक र राजनीति गरेरै बिताउने गरेकोले आफूहरु बाध्य भएर आन्दोलित हुनुपरेको कक्षा १० मा अध्ययनरत मन्जु साहले बताइन् । पटक पटक बिधालयका प्रधानाध्यापक सुरेशकुमार चौधरी लाई पढाईको गुणस्तर सुधार गर्न निवेदन मार्फत आफूहरुले आग्रह गर्दा समेत अवस्था नसुध्रिएको अर्का विद्यार्थी जानका मण्डलले गुनासो गरिन ।

बिधालयमा पढाईको गुणस्तरीयता माथि धेरै समय अघि देखिनै विद्यार्थीहरुले गुनासो गर्ने गरेको स्थानीय पत्रकार अकवर अलीले जानकारी दिए । अलिका अनुसार बिधालयमा व्यवस्थापन समिति नहुदा सो बिधालय अध्यापन गराउने शिक्षकहरुको मनोमानी बढेको हो । प्ल्स टु सम्म पढाई हुने सो बिधालयमा हाल ६ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia