- मिकाइल आलम

इनरुवा । ग्रामीण भेगका जनतालाई सुसूचित गर्ने उद्देश्यले सुनसरीमा थप एक साप्ताहिक पत्रीकाको विमोचन गरिएको छ । मंगलवार लौकहीमा आयोजित कार्यक्रममा कोशी गाउँपालीकाका अध्यक्ष ऐतुब अन्सारीको प्रमुख आतिथ्यमा कोशी टप्पु राष्ट्रिय साप्ताहिकको विमोचन गरिएको हो । मुस्ताक आलम प्रकाशक रहेको सो साप्ताहिक पत्रीकाको सम्पादकमा परमेश्वर साह छन् भने कार्यकारी सम्पादकको भुमिकामा मिकाइल आलम रहेका छन् ।

कोशी टप्पु साप्ताहिक हप्ताको प्रत्येक मंगलवार लौकही बाट प्रकाशित हुनेछ । विमोचन कार्यक्रममा कोशी गाउँपालीका क्षेत्रका जनप्रतिनिधिहरु,सुरक्षा निकायका प्रमुखहरु,राजनीति दलका प्रतिनिधिहरु,नागरिक समाजका अगुवा,जिल्लामा कृयाशिल सञ्चारकर्मी लगायत चार दर्जन भन्दा बढीको उपस्थिति रहेको थियो । विमोचन कार्यक्रममा बोल्दै कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले सत्यतथ्य समाचारको माध्यम बाट पत्रीकाले ग्रामीण क्षेत्रका जनतामा सुसूचित गर्नेमा आशावादी देखिए ।

सोही कार्यक्रम लाई सम्बोधन गर्दै प्रतीक्षण दैनिकका सम्पादक इकबाल अहमदले सञ्चार क्षेत्र समाजको ऐना भएकोले सहि सूचनाको माध्यम बाट ग्रामीण भेगका सर्वसाधारणमा चेतनाको स्तर वृद्धि हुने विश्वास व्यक्त गरेका थिए । नेकपा एमालेका अजय कुशियैतले समाजमा हुने सत्यतथ्यमा आधारित समाचार जनमानसमा प्रवाह गर्न शुभकामना दिए । विमोचन कार्यक्रम मुस्ताक आलमको अध्यक्षतमा सम्पन्न भएको थियो भने कार्यक्रम मिकाइल आलम संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia