इटहरी । सुचना प्रविधिका क्षेत्रमा विश्वमा भई रहेका नयाँनयाँ गतिविधि र प्रयोगका विषयमा जानकारी दिने उद्धेश्यले सुनसरीको इटहरीमा प्रदेस नम्वर १ स्तरीय पाँच दिने सुचना प्रविधि मेला सुरु भएको छ । विश्व बजारमा आएका नयाँ प्रविधिका बारेमा जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको मेलाको उद्घाटन प्रदेस नम्वर १ का मुख्यमन्त्री शेरधन राईले गरे । क्यान महासंघ केन्द्रको सहयोग तथा क्यान सुनसरीको आयोजनामा सुरु भएको सुचना प्रविधि मेलामा आईटी क्षेत्रंग सम्वन्धीत विभिन्न कम्पनीहरुका मोबाईल,ल्यापटप, इन्टरनेट लगायतका विश्व बजारमा प्रयोग हुदै आएका सामग्रीहरुको पर्दशनीका साथै विक्री वितरण गरिने आयोजक संस्थाले जनाएको छ ।

इटहरीको जनता प्राथमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको क्यान इन्फोटेक मेलामा सुचना प्रविधिमा विभिन्न ९६ वटा स्टल रहेको जनाइएको छ । मेलाबाट उपभोक्ताका साथै विक्रेताहरुले समेतले लाभ लिने आयोजक संस्थाले अपेक्षा गरेको छ । मेलामा सुचना प्रविधिका विषयमा व्यवसायी र उपभोक्ताहरुले प्रत्यक्ष जानकारी हासिल गर्न सकने भएका कारण पनि उपयोगी रहेको उद्घाटन सत्रका वक्ताहरुले जोड् दिए । कार्यक्रममा सहभागी वक्ताहरुले सुचना प्रविधिको क्षेत्रलाई व्यवस्थित वनाउदै स्कुल तह देखिनै सुचना प्रविधिका विषयमा पठन पाठन गरिनु पर्नेमा जोड दिए ।

त्यसै गरी मुलुक संघियतामा गई सकेकाले तीनै तहका सरकारहरु सुचना मैत्री वन्दै प्रविधिको प्रयोगमा जोड दिनु पर्नेमा ध्यानाकर्षण गराए । कार्यक्रममा प्रदेस नम्वर १ का मुख्य मन्त्री शेरधन राई , प्रदेस नम्वर १ की उपसभामुख सरस्वती पोखरेल, प्रदेसभा सदस्य लिलम वस्नेत , क्यान महासंघ केन्द्रीय अध्यक्ष हेमन्त चौरसिया, प्रदेस नम्वर १ संयोजक देव कुमार सुव्वा, सुनसरी अध्यक्ष बलराम भण्डारीले बोलेका थिए । मेलामा विक्रीका लागि राखिएका सुचना र प्रविधि सामाग्रीहरुको विक्रीमा छुटको व्यवस्था गरिएको समेत आयोजकले जनाएका छन । सुचना र प्रविधि मेला अवलोकन र सामान खरिद गर्ने प्रदेस नम्वर १ का विभिन्न क्षेत्रका उपभोक्ताहरु आईपुग्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia