धरान / सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ५ मा रहेको स्वास्थ्य चौकी लथालिंग ढंगले सञ्चालन भएको पाइएको छ । उक्त स्वास्थ्य चौकीका प्रमुख उमेश मेहता धेरैजसो कार्यालयमा उपस्थित नहुने त्यहाका स्थानीयहरुले आरोप लगाएका छन् । आइतबार पनि रिर्पोटिङका लागि पुगेका सञ्चारकर्मिहरूले पनि साे चाैकीका प्रमुखलाई कार्यालय परिषरमा नभेटेपछि यस्ताे पाइएकाे हाे । प्रमुख यादव स्वास्थ्य वीमाको विषयमा बराह नगरपालिकाको कार्यालयमा गएको कर्मचारीहरूले जानकारी गराए ।
७ जनाको दरबन्दी रहेका यस अस्पतालमा मुस्किलले तीन जना दैनिक रुपमा आउने गरेको स्वास्थ्य चौकीका अहेव दुलारचन्द चौधरीले बताए उनले प्रमुख यादवको बचाउ गर्दै धेरैजसो कार्यालयमै आउने गरेको बताए पनि आइतबार न सरकारी विदा पथ्र्यो न त कुनै चाडपर्वको विदा नै थियो । विरामीको चेकजाचमा व्यस्त अहेब चौधरीले आइतबार पनि तीनजना मात्रै कर्मचारी कार्यालय आएको बताए ।
त्यतिमात्र हैन कार्यालय प्रमुखले स्वास्थ्य चौकी नजिकै मेडिकल हल समेत सञ्चालन गरेकाे पाइएकाे छ ।उक्त मेडिकल हलको नाम उल्लेख छैन । मेडिकल प्रमुख यादवका भाइ महेशप्रसाद यादवको नाममा सञ्चालन गरेको पाइएपनि मेडिकल हल दर्ता नभएको पाइएको छ ।
यतिमात्र नभइ कार्यालयमा कोही नभएको समयमा स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम कार्यालय सहयोगी गोपाल मगरले गर्ने गरेकाे पाइएको छ । यस विषयमा सोध्दा कार्यालय सहयोगी मगरले कोही नभएकोसमयमा चेकजाचदेखि लिएर औषधि दिनेसम्मको काम आफूले गर्ने गरेको स्विकारेका छन । सरकारले यस स्वास्थ्य चौकीलाई ३८ प्रकारका रोगका औषधिहरु प्रदान गर्ने भएपनि यहा २३ वटा मात्र औषधि उपलब्ध हुने कार्यालय सहयोगी मगरको भनाई छ ।









