- अमर काफ्ले

इनरुवा। भारतको अररिया जिल्लामा हुन लागेको चुनावलाई लक्षित गरि नेपाल भारत सिमा आज साँझबाट ७२ घण्टाकालागि बन्द हुने भएको छ । नाका शिल गरिएपछि सो अवधीमा सर्वसाधारणले आवतजावत गर्न पाउने छैनन् ।

नाका शिल गरिएको अवस्थामा दुवै देशका सुरक्षाकर्मीले निगरानी बढाउने छ भने शंकास्पद गतिविधी भए गरेको पाइए आवश्यकता अनुरुपको कार्वाही समेत अघि बढाउन सक्ने छ । सिमानाका शिल गरिएपछि सुनसरीको साविकको हरिपुर र श्रीपुरजब्दी गाविस बाहेक भारतीय सिमा क्षेत्रसँग जोडिएका लौकही, नरसिह, रामनगरभुटाहा, बसन्तपुर, घुस्की, कप्तानगञ्ज, देवानगञ्ज, साहेवगञ्ज, अमाहीबेला, अमडुवा क्षेत्रबाट भारत तर्फ जान आउन पाइने छैन् । दुवै देशका सुरक्षा अधिकारीहरुबीच भएको सहमति अनुसार आज साँझ ७ बजेदेखि आइतबार साँझ ७ बजेसम्म सिमानाका बन्द गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia