फागुन २६ इनरुवा /सुनसरी सदरमुकाम इनरुवामा आजबाट प्रथम प्रदेश स्तरीय टि २० क्रिकेट प्रतियोगिता सुरु भएको छ । टेस्टी बिस्कुटले प्रायोजन गरेको प्रतियोगिताको उद्घाटन प्रदेश नम्वर एकका प्रमुख डा. गोविन्द तुम्बाहाङ र इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले संयुक्त रुपमा गर्नु भएको थियो ।  प्रतियोगिता अन्र्तगत सम्पन्न उद्घाटन खेलमा मोरङ क्रिकेट टिम बिजयी भएको छ ।  मोरङले आयोजक सुनसरी युथ क्लबलाई पराजित गरेको हो ।


टस जितेर पहिलो ब्याटिङ रोजेको मोरङले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । १ सय ७२ रनको बिजयी लक्ष पछ्याएको आयोजक सुनसरी युथ क्लब १९ ओभर ५ बलमा अल आउट हुन पुगेको थियो । आयोजक सुनसरी युथ क्लब १ सय २४ रनमा अल आउट हुन पुगेपछि मोरङ क्रिकेट टिमले ४७ रनको जित हात पारेको थियो ।


खेलमा २० रन सहित ३ विकेट लिएका बिजयी टिमका क्याप्टेन पुष्प थापा उद्घाटन खेलको म्यान अफ दि म्याच बनेका थिए । प्रतियोगित अन्र्तगत भोलिको पहिलो खेल बिहान मोरङ र इलामबिच हुने छ भने दिउँसो हुने दोस्रो खेलमा सुनसरी क्रिकेट टिमले उदयपुरको सामना गर्ने छ । ६ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद १ लाख पाउने छ भने दोस्रो हुनेले नगद ५० हजार प्राप्त गर्ने छ । टि २० प्रतियोगिताको उक्त पुरस्कार रासी पूर्वकै सबैभन्दा बढी रहेको आयोजक टिमका अध्यक्ष अफजल हुसेनले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia