इटहरी । सुचना प्रविधिका क्षेत्रमा विश्व बजारमा भित्रिएका नयाँ उपकरणहरुका विषयमा जानकारी गराउने उद्धेश्यले इटहरीमा जारी क्यान इनफोटेकमा युवापुस्ताले उल्लेखिय सहभागिता देखिन्छ ।

सुचना र प्रविधिका क्षेत्रमा उल्लेखि चासो राख्ने युवा जमातले क्यान इनफोटेकमा अभिरुचि सहित पुराना प्रविधि र नयाँ प्रविधिका विषयमा जानकारी हाँसिल गरेका देखिएको हो । इटहरीको जनता माध्यमिक विद्यालयको खेल मैदानमा जारी सुचना प्रविधि मेलामा युवाहरुले नयाँ प्रविधिका विषयमा जानकारी हासिल गर्ने देखि खरिद गर्ने गरेको देखिन्छ । खास गरी सुचना प्रविधि मेलामा युवाहरुको आकर्षण नयाँनयाँ मोवालय फोन , ल्याप्टप ,प्रिन्टर, एन्टि भाइरस , शैक्षिक सामाग्रीहरुका साथै नयाँ प्रविधिका विद्युतीय सुचना र प्रविधित सामाग्रीहरुमा परेको देखिन्थ्यो ।

यसका अलावा प्रर्दसनीमा राखिएका सुचना र प्रविधि क्षेत्रका पुराना पुस्ताका उपकरणहरुको अवलोकन समेत युवापुस्ताले अभिरुचि साथै गरेको पाइन्थ्यो । सुचना प्रविधि मेलामा विक्रीका लागि राखिएका नयाँनयाँ सामाग्रीहरुका साथै प्रर्दसनीमा राखिएका पुराना सामाग्रीहरुलाई हेर्दा सुचना र प्रविधिका क्षेत्रमा भएका उपलव्धीहरुका विषयमा जानकारी हासिल गर्न सजिलो भएको एक युवा वताउछन ।

सुचना र प्रविधि क्षेत्रका व्यवसायी र उपभोक्ताहरुको एकै ठाउँमा भेट गराउदै सुचना प्रविधीको विषयमा जानकारी समेत गराउदै प्रयोग वढाउने उदेश्यले आयोजना गरिएको मेलामा अपेक्षाकृत व्यापार व्यवसाय भई रहेको साथै अवलोकनकर्ताहरुको सहभागिता समेत रहदै आएको आयोजक क्यान सुनसरीका अध्यक्ष बलराम भण्डारी वताउछन । पाचँ दिने मेलाको चौथो दिन सम्म आइपुग्दा बिस लाख बढीको कारोवार भएको र ४०हजारले अवलोकन गरेको जनाइएको छ ।

मेलामा विद्यालय तथा कलेज अध्ययन गर्ने युवा तथा किशोर समुहका मानिसहरुको उल्लेखिय सहभागिता देखिन्छ । सुचना प्रविधि मेलामा पुराना जमनाका टाइप राइटर देखि लिएर कम्प्युटर मोबाइलका पुराना पुस्ताहरु प्रर्दसनीमा राखिएका छन भने विश्व बजारमा हालसालै भित्रीएका नयाँनयाँ प्रविधीहरु समेत रहेका छन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia