१७ चैत्र, इनरुवा। युवा स्वरोजगार तथा बैदेशिक रोजगारीलाइ टेवा पुग्ने उदेश्यले बरहा नगरपालिकाको चक्रघट्टीमा १ महिने सुरक्षा गार्ड सम्बन्धि तालिम सञ्चालनमा आएको हो। सिटिईभिटि मान्यता प्राप्त इनरुवाको कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिंगको प्राविधिक सहयोगमा तथा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र इटहरीको वित्तिय सहयोगमा उक्त सुरक्षा गार्ड सम्बन्धि तालिम सञ्चालनमा आएको हो।
बरहा नगरपालिकाका ४० जना युवा युवतिहरुलाई १ महिना सम्म दिइने उक्त तालिममा सुरक्षा गार्ड सम्बन्धि सीप तथा ज्ञान दिइने संस्थाका प्रबन्ध निर्देशक बिरेन्द्र शाहले बताउनु भयो। तालिम कार्यक्रमको उद्घाटनमा इलाका प्रहरी कार्यालयबाट दयाराम दाहाल, अर्जुन बिढाथोकि कोशि मा. वि.का प्र. अ. बालकृष्ण भट्टराई तथा व्यवसायिक तथा सिप विकास कार्यालय इटहरीका कमल सिंह भट्टराईले प्रशिक्षार्थिहरुलाई तालिमको शुभकामना तथा सफलताको मन्तव्य दिनुभएको थियो।














