- दिपेन्द्र यादव

इनरुवा। सुनसरीको कोशी गाउँपालिकाको कार्यालय प्रविधि मैत्री गाउँपालिकाको रुपमा बिकसित हुदै गएको छ। जिल्लाको नमुना गाउँपालिकाको रुपमा विकास गर्नको लागि कोशी गाउँपालिकालाई प्रविधि मैत्रि गाउँपालिकाको रुपमा विकास गर्न लागेको कोशी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार शाहले बताए ।

कोशी गापाका प्रमुख कार्याकारी अधिकृत शाहका अनुसार गाउँपालिकामा करिब एक महिना अघि गाउँपालिकाका अध्यक्ष एयुव अंसारीलाई विप्लव समुहको केही युवाहरु आएर चन्दाको नाममा धम्की दिएपछि गाउँपालिकाले प्रविधि मैत्री गाउँपालिका निर्माण गर्नका लागि जोड दिएको अधिकृत शाहले बताए ।

गाउँपालिकामा भएका कर्मचारीहरुले सेवाग्राहीहरुलाई छिटो र सुविधा युक्त सेवा सुविधा दिइ रहेको छ की छैन सम्पूर्ण गतिविधि हेर्न कोशी गाउँपालिकाको वाडा नं. १ को कार्यालय सहित १२ वटा उच्च स्तरीय सिसि क्यामरा जडान गरिएको छ । कोशी गाउँपालिकाको कृषि, पशु, शिक्षा, योजना, प्रशासन, प्राविधिक लगायत अन्य विषयगत शाखाहरुमा प्रविधि मैत्री बनाउनका लागि सिसि क्यामरा जडान गरिएको अधिकृत शाहले बताए । अधिकृत शाहले थप्नु भयो “सिसि क्यामेराको सम्पुर्ण सामाग्री इनरुवा स्थित कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर ईन्जिनियरिंगले सप्लाई गरेको हो भने त्यसै कलेजका विधार्थीहरुले सम्पुर्ण सिसि क्यामेरा जडान तथा नेटवर्किंग गरेका हुन।”

त्यस्तै गाउँपालिकामा कर्मचारीहरुलाई व्यवस्थित गर्नका लागि ई हाजिरी समेत सञ्चालनमा ल्याइएको छ । भने कोशी गाउँपालिकामा रहेका ५ वटा माध्यमिक तहका विद्यालयहरुमा कार्यरत्त रहेका शिक्षक, शिक्षिकाहरुको व्यवस्थापन गर्नका लागि कोशीको ५ वटै विद्यालयहरुमा ई हाजिरी सञ्चालनमा ल्याइएको छ । ई हाजिरी लागु भएको कोशी गाउँपालिकाको वाडा १ मा रहेको रानी माध्यमिक विद्यालय, वाडा नं. २ मा रहेको कोशी माध्यमिक विद्यालय, वडा नं. ३ मा राष्ट्रिय माध्यमिक विद्यालय सोभनपुर, वडा नं. ६ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय, वडा नं. ७ मा रहेको जनता माध्यमिक हरिपुरमा ई हाजिरी लागु गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia