काठमाडौं । नेपालीका दिबंगत भएका लोकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको नाम बाट ‘वीरेन्द्रबियर ’नामको ब्राण्ड बनाएर एउटा स्विजरल्याण्डको कम्पनीले बेचिरहेको छ । बियरको लेबलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटो समेत छ। पृष्ठभूमिमा पाँच तले मन्दिर पनि देखिन्छ ।
Turbinenbräu नामको स्विजरल्याण्डकाे कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्ड/हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ । सो बीयर को एउटा बोतलको मूल्य १.८५ स्विस फ्र्याङ्क पर्दछ । नेपालीरुपैयाँमा रुपान्तर गर्दा करिब २ सय रुपैयाँ पर्न आउँछ । श्रेणीगत हिसाबमा हेर्दा याे बियर अग्रपङ्क्तिमा देखिन्छ ।
बियर खाएको फोटो अपलोड हुने वेबसाइट अनटायप्डमा थुप्रैले वीरेन्द्र बियर खाएको फोटो राखेका छन् । यो बियरको नामराजा वीरेन्द्रको नाममा राखिएको ले पनि याे कम्पनीले अन्तराष्ट्रिय जगतमा पनि राम्राे बजार लिएकाे छ । एजेन्सी










