भाणटावारी। कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी भर्ना अभियानलाई तीव्रता दिएका छन् । बिद्यालय भर्ना अभियानलाई सफल बनाउने उद्देश्यले गाउँपालीका अध्यक्ष बिद्यालय भर्ना अभियानमा तीव्रता दिएका हुन् ।
बिद्यालय भर्ना अभियानकै क्रममा गाउँपालीका अध्यक्ष अन्सारीले शुक्रबार कोशी गाउँपालीका वडा ८ भाणटावारी ११ जना बालबालिकालाई स्थानीय श्री निम्न आधारभूत बिद्यालयमा भर्ना गराएका छन् । गाउँपालीका अध्यक्ष अन्सारीले स्थानीय सरकारी बिद्यालयमा भर्ना गराउनेहरुमा राधिका कुमारी कामैत,ललिता कुमारी सदा,सुलिता कुमारी सदा,अरमान मन्सुरी,खुश्बु खातुन निर्मला खत्वे,अजित कुमार कामैत,विकास खत्वे र मो.अफजल रहेका छन् ।
बिद्यालय नयाँ विद्यार्थीलाई भर्ना गराउदै गाउँपालीका अध्यक्ष अन्सारीले पढाईको स्तर गुणस्तरीय बनाउन निर्देशन दिएका थिए । अध्यक्ष अन्सारीले पढाई मामिलामा कसैसँग कुनै कम्परमाईज नगर्न शिक्षकहरु निर्देशन दिए । साथै अध्यक्ष अन्सारीले अभिभावकहरुलाई समेत आफ्ना बालबालिकालाई बिद्यालय पठाउन आग्रह गरे ।
बिद्यालयमा शिक्षकहरुले पढाए न पढाएको बारेमा अभिभावक वर्गहरुलाई आग्रह गर्दै अन्सारीले पढाउनु छाडेर राजनीतिकमा लागे पाइए आफू तत्काल कार्वाही गर्ने प्रतिबद्धता गरे । बालबालिकालाई बिद्यालय भर्ना अभियान कार्यक्रममा कोशी गाउँपालीका वडा ८ अध्यक्ष विन्देश्वर यादव,बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश यादव, बिद्यालयका प्रधानाध्यापक मोहित नारायण मण्डल,समाजसेवी धर्मेन्द्र विश्वास,हजरत मन्सुरी,सर्जुग सरदार,ऐजुल मिया लगायतको उपस्थिति रहेको थियो ।










