इनरुवा। इनरुवा ५ नम्बर वडामा आज एक कार्यक्रमका बिच वडा स्वास्थ्य क्लिनिकको स्थापना भएको हो। स्वस्थ्य रहनु सबैको मौलिक अधिकार नाराका साथ प्राथमिक उपचार केन्द्रको स्थापना गरिएको हो। नगर प्रमुख राजन मेहताले आफ्नो स्वास्थ्य जाच गराउदै उक्त वडा स्वास्थ्य क्लिनिकको सुभारम्भ गर्नु भएको हो।

इनरुवा वडा नं. ५ को पहलमा स्थापना भएको प्राथमिक उपचार केन्द्र इनरुवा नगरपालिका अन्तर्गतका वडाहरु मध्ये पहिलो प्राथमिक उपचार केन्द्र स्थापना गरिएको वडा अध्यक्ष अन्जनी कुमार पोखरेलले बताउनु भयो। प्राथमिक उपचार केन्द्रबाट वडाका सर्व साधारणलाई नि:शुल्क सेवा प्रदान गरिने छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia