इनरुवा। सुनसरीको गढी गाउँपालिका–६ मा बिहिबार राती आगलागी भएको छ । स्थानीय बुधु उरावको घरमा भएको आगलागीमा पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा उरावका तीनवटा घर जलेर नष्ट हुनुका साथै आठवटा खसीबाख्रा, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, फर्निचरका सामग्री, नगदलगायत जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिएका छन् । आगो स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । आगलागीमा सबै घर जलेर नष्ट भएपछि उराव परिवार घरबारविहीन भएको स्थानीयले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia