भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालीकाको चारवटा वडा खुला दिशा मुक्त घोषित भएका छन् । अहिलेको भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५,६,७ र ८ साविकको नरसिंह गाविस खुला दिशा मुक्त क्षेत्र घोषित भएका हुन ।
शनिबार संघीय समाजवादी फोरम नेपालका एक नम्बर प्रदेशका सांसद जयराम यादवको प्रमुख आतिथ्य तथा भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष महेन्द्र यादवको अध्यक्षता सम्पन्न एक विशेष कार्यक्रमका बीच उक्त वडाहरुलाई खुला दिशा मुक्त क्षेत्र घोषणा गरिएको हो । खुला दिशा मुक्त घोषणा कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद जयराम यादवले सर्वसाधारणले शौचालय प्रयोग गरेमात्र खुला दिशा मुक्त क्षेत्र कार्यान्वयन हुने बताए ।
भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष महेन्द्र यादवले खुला दिशा मुक्त क्षेत्र घोषणा गर्न सहयोग गर्ने सबैमा धन्यवाद दिए । साथै यादवले आगामी दिनहरूमा समेत विकास निर्माणको कार्यमा सबैको साथ र सहयोग हुनेमा बिश्वास व्यक्त गरे । उक्त कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालीकाका प्रमुख प्रकाशकीय अधिकृत शशि राई,भोक्राहा नरसिंह गाउँपालीकाका सबै वार्डका अध्यक्षहरु,विभिन्न क्षेत्रका सरोकारवालाहरु,सुरक्षाकर्मी,समाजसेवी,स्थानीय बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो । खुला दिशा मुक्त घोषणा कार्यक्रममा मैथिली कलाकार भागवत मण्डल,सहित स्थानीय विभिन्न बिधालयका विद्यार्थीहरुले समेत संस्कृतिक प्रस्तुति दिएका थिए । उक्त कार्यक्रममा खुला दिशा मुक्त क्षेत्र घोषणा गर्न सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तिलाई गाउँपालीकाले सम्मान समेत गरेको थियो ।









