इनरुवा। सामान्य वर्षामै इनरुवाका धेरैजसो स्थानमा डुबानको समस्या देखिएको छ । पानीको उचित निकाशको अभावमा सडक सहितका क्षेत्रमा पानी जमेको छ । इनरुवाका धेरेजसो क्षेत्रमा यतिबेला सडक नाला विस्तारको कार्य भैरहेको छ । निर्माण कार्य जारी रहेको अवस्थामा उचित निकाश नहुँदा सामान्य वर्षामै धेरैजसो भेग डुबानमा परेको देख्न सकिन्छ ।

निकै ठूलो र लगातारको वर्षा भएको खण्डमा इनरुवाका धेरैजसो क्षेत्र डुबानमा पर्न सक्ने अनुमान गर्न थालिएको छ । बजार क्षेत्रमा सडक बिस्तारको कार्य नथालिएपनि जिर्ण सडक र वर्षौदेखि मर्मत नगरिएकाले खाल्डाखुल्डीमा पानी जमेर सवारीका साधन गुड्दा पानी उछिटिने समस्या देखिन थालेको छ । सर्वसाधारणको आवतजावतमा समेत समस्या उत्पन्न भएको छ ।

बेलैमा निर्माण कार्य नसक्ने र खाल्डाखुल्डी नपुर्ने हो भने वर्षायाममा दुर्घटना ननिम्तेला भन्न सकिन्न् । निर्माण कार्य जारी रहेकाले बेलैमा पर्याप्त निकाशको व्यवस्था हुन नसके नगर क्षेत्र डुबानमा पर्न सक्ने भन्दै नगरवासीले नगरपालिकाको कार्यालयको ध्यानाकर्षण जरुरी रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia