इनरुवा। प्लान नेपाल र ओरेक नेपालको सहकार्यमा र महिला हिंसा विरुद्धको अन्तरधार्मीक जिल्ला संजाल सुनरीको आयोजनामा हानिकारक परम्परागत अभ्यास न्युनिकरणका लागाी धार्मीक अगुवा तथा सरोकारवालाहरु सँगको अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा ईनरुवा नगरपलिकाको उप प्रमुख जमुना पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरीएको थियो । कार्यक्रमको उद्धेश्य अन्तरधार्मीक जिल्ला संजाल सुनरीका अध्यक्ष अम्वीका ढकालले गर्नु भएको थियो । हानिकारक परम्परागत अभ्यास ( वालविवाह , महिनावारी र दाईजो प्रथा ) लाई मुख्य विषय वनाई छलफल गरीएको थियो ।
कार्यक्रममा ओरेक नेपाललको जिल्ला संयोजक शान्ती दनुवारले वालविवाह र महिनवारीको समयमा गरीने व्यवाहारले समुदायमा किशोरी तथा महिलाहरुमा कस्तो समस्या पारेको भन्ने विषयमा व्यापक छलफल गरीएको थियो । सरकारी तथा गैरसरकारी संस्थाहरुले प्रकाशीत गरीएको तथ्यङ्कलाई विष्लेषण गरी सुनसरी जिल्लामा भै रहेका वालिका तथा महिलामाथी भएका वलात्कार तथा यौन हिंसाका घटनाको वारेमा छलफल गरीएको थियो ।
साथै वालविवाह सम्वन्धि कानुनि प्रवधानको विषयमा अन्तरधार्मीक जिल्ला संजाल सुनरीको सदस्य परिचय अधिकारीले प्रष्टाउनु भएको थियो । विभिन्न धर्मका अगुवा, शिक्षक,किशोरी तथा महिला समुह गरी जम्मा ३१ जनाको उपस्तिथि रहेको थियो । कार्यक्रममा महिनावारी हुदा गरीने विभेद परम्परागत मान्यता नभई सामाजमा विधमान रहेको महिलालाई विभेद गरीने सोच हो ।जहाँ समाजलाई मान्ये वनाउने दृष्टीकोण भएको व्यक्तिहरुको उपज मात्र हो भन्ने भनाई सहभागीवाट आएको थियो ।
आर्थीक विपन्नता र दाईजोको विचको सम्वन्धले उत्पन्न समस्या नै वालविवाह हो । जसले हरेक समुदाय तथा वर्गलाई छोडेको छैन । यसलाई न्यूनिकरण गर्न सम्पूर्ण सरोकाराबालाहरुका लागी पर्ने प्रतिवद्धता गर्नु भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दे प्रमख अतिथिको रुपमा रहनु भएको ईनरुवा नगरपालिकाको उप प्रमुख जमुना पोखरेले पुर्वधार विकास मात्र नभई मानविय विकासले मात्र विकास सम्भव छ ।यसकालागी सरोकारवालाहरु सँग समन्वय गरी निति निमार्णका साथै वालविवाह विरुद्धको कार्ययोजना निमार्ण गर्ने प्रतिवद्धता जाहेर गनु भएको थियो ।









